रमेश कुमार वली
सल्यान १४, साउन । सल्यानको शारदा नगरपालिकाले प्रत्येक वडामा नमुना पार्क निर्माण गर्ने भएको छ । नगरभित्र पर्यटकिय स्थलहरुको विकास गर्ने उद्देश्यले सवै वडाहरुमा नमुना पार्क निर्माण गर्न लागिएको हो ।
शारदा नगरपालिका २ लुहापिङ्ग क्षेत्रमा रहेको सीतापाइला पार्कमा सोमवार आयोजित वृक्षरोपण कार्यक्रममा वोल्दै शारदा नगरपालिकाका मेयर शुरेश अधिकारीले सवै वडाहरुमा चालु आर्थिक वर्षमा नमुना पार्क निर्माण गर्न वजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
नगरको सौन्दर्य वढाउन तथा रमणीय स्थलहरुको निर्माण गरी पर्यटकीय स्थलको विकास गर्ने उद्देश्यले सवै वडाहरुमा नमुना पार्क निर्माणको काम अगाढी वढाएको अधिकारीले वताउनुभयो । “सीतापाइला पर्यटकीय क्षेत्र मात्र नभई धार्मिक महत्वको रुपमा रहेकोले सीतापाइला पार्क दृश्यपार्कको रुपमा विकास गर्छौ ।” नगरप्रमुख अधिकारीले भन्नुभयो ।
नगर भित्र र्पाक निर्माणका लागि स्थानहरुको छनौट गर्ने कार्य भइरहेको र यसका लागि अपुग रकम अन्य सहयोगी दाताहरुलाई अनुरोध गर्ने उहाँले जानकारी दिनुभयो । “श्रीनगर देखि खलंगा सम्मको परम्परागत पैदल मार्गमा सिढी निर्माणका लागि जिल्लामा रहेका वैंकहरुले चासो देखाएका छन् यसमा लगानी गर्न अनुरोध गरेको छु ।” मेयर अधिकारीले भन्नुभयो ।
जिर्ण अवस्थामा रहेको सितापाईलाको पुर्ननिर्माणसंगै पर्यटकीय क्षेत्र दृश्य पार्कको रुपमा विकास गर्न लागिएको मेयर अधिकारीले जानकारी दिनुभयो । सितापाइला पार्कमा प्रतिक्षालय, पानीपोखरी, विभिन्न मनोरम आकृतिहरु निर्माण गरिएको छ ।
सितापाईला समुन्द्री सहतवाट १ हजार २ सय मिटर उचाईमा रहेकोले यहाँवाट शारदा नदिको फाँट, स्यानीखाल, माल्नेटा, छत्रेश्वरी लगायतका ग्रामिण भेकका मनोरम दृश्यहरु अवलोकन गर्न सकिने शारदा नगर पालिका २ का अध्यक्ष केशवसिह श्रेष्ठले वताउनु भयो ।
शारदा नगरपालिकाको ६ लाख रुपैयाको लागतमा निर्माण शुरु गरिएको सितापाइला पार्कमा चालु आर्थिक वर्षमा वजेट विनियोजन गरिएको र यसलाई पुर्णता दिने मेयर अधिकारीले जानकारी दिनुभयो ।



Milan Shrestha । १४ श्रावण २०७५, सोमबार १४:२८ बजे