कालिकोटमा कर्फ्यू लाग्यो (अपडेट)


८ पौष, कालिकोट। हिजो भएको प्रहरी र मम्यादी प्रहरी विच भएको झडपमा परि एक म्यादी प्रहरीको मृत्यु भएपछि कालिकोटमा आज नागरिक समाज र स्थानीयबासीले प्रशासन कार्यलय अगाडी टायर बालेर विरोध जनाएको वेला प्रहरीले बल प्रयोग गर्दा पुनः झडप भएको छ ।

झडपमा करिब ६० जना जति सामान्य घाइते भएको कालिकोटबाट पत्रकार भरत विष्टले जानकारी दिए ।

आन्दोलनले कालिकोटको स्थिति तनाबग्रस्त बनेपछि अर्को आदेश नहुन्जेलसम्मकालागि कालिकोटमा आज दिउँसो ४ बजेबाट अनिश्चितकालीन कर्फ्यू लगाईएको छ।