राष्ट्रपतिद्वारा अध्यादेश जारी


फाइल फोटो

१४ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्नतः राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी गरेकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि राष्ट्रपति भण्डारीले आज बिहान साढे ११ बजे अध्यादेशमा हस्ताक्षर गरेकी हुन्।

अध्यादेश जारी गर्नुअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई शितल निवासमा बोलाएकी थिइन्। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक रोकेर प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय पुगेका थिए।

राष्ट्रपति स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई सबै दलहरुबीच सहमति होस् भन्ने चाहनाले आफूले केही समय अध्यादेश जारी नगरेको बताएकी थिइन्।

साभारः सेतोपाटीअनलाइन