दैनिक पत्रिका प्रकाशन गर्ने सुपकी पहिलो महिला पत्रकार कुँबर पुरस्कृत


कृष्णराज धमाला
फागुन १३, सुर्खेत ।
१०८ औं अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पत्रकार लोग्शरी कुँवर पुरस्कृत हुनुभएको छ । महिला सम्बन्धी डिजिटल पत्रिका महिला खबर डटकमका सम्पादक कुँवर आदिवासी जनजाति महिला पत्रकारहरूको भेलामा शनिबार पुरस्कृत हुनुभएको हो ।

सम्पादक कुँवरसहित तीन जना पत्रकार महिलाहरूलाई पुरस्कृत भएकाछन् । महासंघले सुदूरपश्चिमबाट १२ वर्षदेखि दैनिक पत्रिका प्रकाशन गर्ने पहिलो महिलाका रुपमा कुँवरलाई पुरस्कृत गरेको हो । यसैगरी अपांगता भएका पत्रकार महिला गण्डकी एफएममा कार्यरत प्रविना गोले र नेवा एफएमकी अनिता महर्जनलाई पनि पुरस्कृत गरेको छ । कदरपत्र, दोसल्ला र पाँच हजार नगदसहित पत्रकार महिलाहरू पुरस्कृत हुनुभएको हो ।