हरि कृष्ण कुमाई, जुम्ला
पौष १३, जुम्लामा १० बर्षिय सशस्त्र द्वन्द्वको समयमा ज्यान गुमाएका द्वन्द्वपिडितहरुहरुले अहिले सम्मपनि राहत नपाएको बताइएको छ । द्वन्दबझ समयमा जुम्लामा ८जना बेपत्ता तथा २सय ५१ जनाले ज्यान गुमाएको स्थानीय शान्ति समितिको तथ्याङ्कमा उल्लेख छ ।
जसमा २ जना बेपत्ताका परिवारले ५ लाख रुपैयाँका दरले राहत पाएको भएपनि १ जनाको परिवारले ३ लाख राहत पाएको स्थानिय शान्ति समिति जुम्लाका नायव सुब्बा बेलुर रोकायाले बताए । रोकायाका अनुसार बेपत्ताको सूचीमा रहेका जुम्लाका ५ परिवारले अझै पनि सरकारबाट कुनै राहत पाएका छैनन् । राहत नपाएकाका परिवारहरुले बुझाएको कागजात माथी छानबिन भईरहेको र छानबिन पछि मात्र राहत पाउने वा नपाउने भन्ने विषयमा एकिन हुने रोकायाले बताए ।
त्यस्तै द्वन्द्वको समयमा जुम्लाका १३ जना अपांगताको सूचीमा रहको स्थानिय शान्ति समिति जुम्लाको अभिलेखमा उल्लेख छ । पिडित परिवारले राज्यलाई तत्काल जिउँदा भएमा श्वास परिवारलाई बुझाउनु पर्ने र मरेका भएपनि लास दिनु पर्ने माग गर्दै आएका छन् । अझै पनि बाँचेका भए कतैबाट घर फर्कन्छन् की भन्ने आशामा बसिरहेको बेपत्ता परिवारले बताएका छन् ।



Prawash Kumar Shakya । १३ पुष २०७४, बिहीबार १६:१० बजे