जनप्रतिनिधिलाई राजीनामा दिन नेकपाको पत्र


नदिए भौतिक कार्बाही हुने चेतावनी

कृष्णराज धमाला
फागुन १३, सुर्खेत ।

नेपाल कम्यूनिष्ट पार्टीले सुर्खेतका स्थानीय जनप्रतिनिधीहरुकोे राजीनामाको माग गरेका छ । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको पार्टीले सुर्खेतका गाउँ तथा नगर प्रमुख उपप्रमुख, वडा कार्यालयमा पत्र पठाएर राजिनामाको माग गरेको हो ।

राजीनामा नदिए भौतिक कार्वाही गर्ने प्रेसित पत्र मार्फत पार्टीले चेतावनी दिएको छ ।


जनपरिषद नेपाल, भेरी कर्णाली स्वायत्त प्रदेश, जिल्ला जन परिषदको कार्यालय सुर्खेतको लेटरप्याडमा जनप्रतिनिधिहरुलाई संसदीय चुनावमा सहभागि नहुन, खारेज अभियानमा साथ दिन गरेको अनुरोधको उलंघन गरेकोमा आपत्ति जनाउँदै राजीनामा नदिए कार्बाही गर्ने चेतावनि उल्लेख छ ।

विस्तृत शान्ति सम्झौता उलंघन गरेको, प्रचण्ड, वावुरामले आत्मसर्मपण गरेको, नेपाली कांग्रेस र नेकपा एमालेले धोका दिएको भन्दै बितरीत पत्रमा स्वायत्त प्रदेश घोषणा गरिएको पनि उल्लेख छ । विप्लव नेतृत्वको नेकपाको पत्रले जनप्रनिनिधी त्रसित बनाएको छ । यस अघि कालीकोटमा पनि जनप्रतिनिधिहरुलाई राजीनामा दिन पत्राचार गरीएको थियो ।