
अविरल ढकाल जुम्ला
चैत्र ३०
कर्णाली रारा पर्यटन बर्ष २०७५कालागि कर्णालीको पर्यटकिय स्थल रारामा चैत्र २९ देखी फ्रि वाइफाई सेवा सुरु गरिएको छ । २०७४ बैशाख १ गते हुने कर्णाली रारा पर्यटन बर्ष उद्घाटन कार्यक्रमलाई लक्षित गरी रारामा वर्ल्डलिंक कम्पनीले फ्रि वाइफाई सेवा संचालनमा ल्याएको हो ।
विषेश गरेर पर्यटन बर्ष लाई लक्षित गरी बिहीबार देखि ५० एमबीएस क्षमता स्पिड भएको वाइफाई सेवा सुरु गरिएको वल्डलिंक कम्पनीका प्राविधिक राजेन्द्र विष्टले जानकारी दिनुभयो । अब रारा घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरुले राराको छेउ छाउबाट सजिलै इन्टरनेट सेवा प्रयोग गरी आफन्तहरु संग कुरा गर्न पाउने भएको उहाँले बताउनुभयो ।
फ्रि वााइफाई सेवाले बैशाख १ गते रारा कर्णाली पर्यटन बर्षमा आउने पाहुनाका लागि सहज हुने र जिल्लास्थित बिभिन्न सञ्चारकर्मीहरुलाई रिपोटिङ्ग गर्न सजिलो हुने भएको छ । दुर्गम जिल्लामा रहेको रारालाई संसारमाझ चिनाउन र यसको प्रचार प्रसार गरी बढी भन्दा बढी पर्यटकहरु भिर्त्याउन फ्रि इन्टरनेट सेवा सुचारु गरिएको छायानाथ रारा नगरपालिकाका मेयर हरिजङ्ग शाहीले बताउँदै आउने दिनहरुमा रारामा जति सक्दो धेरै संख्यामा पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ लागिपरेको उहाँले जानकारी दिनुभयो ।



Milan Shrestha । ३० चैत्र २०७४, शुक्रबार ०८:२० बजे