वीरेन्द्रनगर ९ लाटीकोइलीमा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण हुने


अभिषेक सिंह

१४ पौष, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर वडा न‌ं ९ मा अत्याधुनिक सुविधा सम्पन्न स्वास्थ्य चौकी बन्ने भएको छ । वडा कार्यालयको पहलमा हाल रहेको लाटीकोइली स्वास्थ्य चौकीको हाता भित्र सुविधा सम्पन्न स्वास्थ्य चौकी बन्न लागेको हो ।

लाटीकोइलीमा हाल रहेको स्थानमा कहाँ निर नयाँ सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन बनाउन ठिक हुन्छ भन्ने विषयमा छलफल गर्न विभिन्न दलका प्रतिनिधीलाई आमन्त्रण गरिएको वडा न‌ं ९ का वडा अध्यक्ष सुरेश मानन्धरले बताउनुभयो ।

नयाँ बन्ने स्वास्थ्य चौकी भवनमा १ जना चिकित्सक पनि रहने अध्यक्ष मानन्धरले बताए ।

छलफल कार्यक्रममा वडा सदस्य जीवनकुमार शर्मा, सुनिता लामा स्थानीय बुद्धिजिवी डम्मरविक्रम जिसी, भूषणकुमार मानन्धर, ध्रुवकुमार श्रेष्ठ, विद्याभूषण मानन्धर, गणेश वली लगाएतले आआफ्नो सुझाव  दिएका थिए ।

कार्यक्रमको सहजीकरण वडा नं ९ का वडा सचिव देव मुलेलले गरेका थिए ।