जिल्ला प्रशासन कार्यालयद्धारा सुचना जारी


बैशाख,२३ सुर्खेत ।जिल्ला प्रशासन कार्यालय सुर्खेतले  आज सुचना जारी गरि जिल्ला बाहिरबाट आउने र जिल्ला बाहिर जाने सबै नाकाहरु कडाई गरिने बताएको छ ।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको निर्णय अनुशार यस जिल्लामा बाहिरी जिल्लाबाट मानिसहरुको आवतजावतका कारण संक्रमण फैलिन सक्ने जोखिम रोक्न जिल्ला प्रवेश गर्ने नाकाहरु बबई, कुईने र कालिमाटीमा थप कडाई गरि आवतजावतमा पूर्ण रोक लगाउने भन्ने जिल्ला सुरक्षासमितिको आजको बैठकले निर्णय गरेको हो ।

प्रशासकीय अधिकृत पदमलाल लामीछानेद्धारा हस्ताक्षरित विज्ञप्तिमा एक जना कुरुवा भन्दा बढि यात्रु राखेको पाईएमा कानून अनुसार कारवाही गर्ने उल्लेख छ । जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम कर्णालीमा प्रवेश गर्ने सबै नाकाहरु र पैदल मार्ग बन्द गरी लकडाउनलाई मजबुद बनाउने भन्ने निर्णय भएकाले २२ गतेदेखि लागु हुने गरि एक हप्ताका लागि पूर्ण रुपमा एक कुरुवा मात्रै राखेर एम्बुलेन्स चलाउन सरोकारवाला र सम्वन्धित निकायलाई अनुरोध गरिन्छ । अन्यथा अन्य यात्रुहरु राखेर एम्बुलेन्स सञ्चालन गरे नियमअनुसार कानून बमोजिम कारवाही गरिनेछ ।’

 

यसै गरि जिल्ला प्रशासन कार्यालयद्धार जारी सुचनामा प्रदेश प्रवेश गर्ने सबै सवारी तथा पैदल मार्ग समेत बन्द गर्ने भनिएको छ भने सिमा नाकाहरुबाट आवतजावत गर्ने एम्बुलेन्समा बिरामी र १ जना कुरुवा मात्र राखी सेवा संचालन गर्नु पर्ने छ ।