वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।


मिलन श्रेष्ठ
सुर्खेत, २८ पुस ।
मेल्भिन्स जोन्स डेको अवसर पारेर सुर्खैतस्थित विभिन्न लायन्स क्लबहरुले साता व्यापीरुपमा लायन्स अन्र्तराष्ट्रिय संस्थापक मेल्भिन्स जोन्सको जन्म उत्सव मनाउने क्रममा आज(शुक्रावार) शिब मा.वि.लाटीकोईलीमा “समाजमा विद्यार्थीको भुमिका” बिषयक वक्तृत्वकला प्रतियोगिता संचालन गरेको छ ।
कार्यक्रममा एम्बेष्टर अफ गर्भनर एमजेएफ लायन बिजय पराजुलीले समाजमा कोही नभएका र केहि नभएकाहरुलाई सहयोग गर्नु लायन्सहरुको दायित्व र जिम्मेवारी रहेको बताए । उनले सामाजिक क्षेत्रमा लायन्स क्लबहरुलेव धेरै महत्वपूर्ण भुमिका खेलेको भन्दै सामाजिक कामको विस्तार गर्दे जानुपर्ने बताए ।
कार्यक्रममा जोन चियर पर्सन लायन्स किशोर रेग्मीले, लायन्सका संस्थापक मेल्भिन्स जोन्सको प्रेरणाले धेरै सहयोगीहरु लायन्समा जोडिएको भन्दै सामाजिक कामका लागि सुर्खैत एरियामा रहेका लायन्स क्लबहरु अग्रणी स्थानमा रहेको बताए । सुर्खैतमा हुने हरेक सामाजिक अभियानमा हामीले नेतृन्वदायि भुमिका खेल्दै आएका छौं, उनले भने , यसलाई आगामी दिनहरुमा पनि निरन्तरता दिनुपर्छ ।
कार्यक्रमका अथिती शिव मा.वि.का सहायक प्र.अ. तारा वुढाले यसरी लायन्स क्लबहरुले शैक्षिक क्षेत्रमा रहेका बालबालिकाहरुको लुकेको प्रतिभाहरुलाई उजागत गर्नै कार्यक्रम गरेकोमा खुशि व्यक्ति गर्दे आगामि दिनहरुमा पनि धेरै अपेक्षा राखेको कुरा जोड दिए ।
लान्यस क्लब अफ सुर्खेत, शिबबिहारका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा,एरिया को चिफ लायन्स सरस्वती बस्नेत, लायन्स क्लब अफ बुलबुलेका अध्यक्ष भद्र भण्डारी, लायन्स क्लब अफ भ्यालीका अध्यक्ष विष्णु पौडेल, लायन्स क्लब अफ काक्रेबिहारका सचिव रेखा कोईराला, लायन्स क्लब अफ काक्रेबिहाका कोषाध्यक्ष कृष्णा बोहोरा, लायन्स क्लब अफ सिद्धपाईलाका सदस्य ज्ञानु गैरे, लायन्स क्लब अफ बुलबुलेका सचिव सीता शर्मा, लायन्स क्लब अफ बीरेन्द्रनगरका सदस्य दीपा पराजुली, शिक्षक संघ सुर्खतका निवर्तमान अध्यक्ष एकदेव गिरी, निर्णायकहरु शिक्षक खगेन्द्र प्रसाद भट्राई, शिक्षिक बसन्ती कडेंल, शिक्षिक हेमा सुवेदी लगाएतको उपस्थिति रहेकोको कार्यक्रममा प्रथम उपाध्यक्ष प्रवेशमान मानन्धरले स्वागत मन्तव्य र कोषाध्यक्ष शुभाष श्रेष्ठले झण्डा अभिवादन प्रस्तुत गरेका थिए ।
वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने छात्रा हीरा अधिाकारी , द्धितिय हुने छात्र दर्गे अधिकारी र तृतीय हुने छात्र दिपेन्द्र भण्डारीलाई क्रमश प्रथम, द्धितिय र तृतीय पुस्कार वितरण गरिएको थियो ।