कावासोतीमा डरलाग्दो दुर्घटना


नवलपरासी – नवलपरासीको कावासोतीमा रोकिराखेको ट्रकमा जिप ठक्कर खाँदा चालक गम्भिर घाईते भएका छन् । गएराती करिब साढे १ बजे कावासोती २ फलफुलचोक नजिकै भएको सबारी दुर्घटनामा रुपन्देही परुवा बस्ने ३५ वर्षीय मिन बहादुर सोमै मगर घाईते भएका हुन् ।

गम्भिर घाईते सोमैको नवलपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि भरतपुर रिफर गरिएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको टाउको र खट्टामा चोट लागेको छ । लु१च ५५९५ नम्बरको जिप, ना५ख १९१० नम्बरको रोकिराखेको ट्रकसँग ठक्कर खाएको थियो ।

जगंलमा रहेको प्रतिक्षालय नजिकै ठक्कर खाएको जिप करीब डेढ सय मिटर टाढा पुगि कल्भट बनाइएको खाल्टोमा खसेको हो । जीपको पछाडीको भाग ठक्कर खाएको स्थानमै थियो भने बाँकी भाग करीब डेढ सय मिटर टाढा रहेको थियो ।

सवारी साधान भने पूर्ण रुपमा क्षति भएको छ । जंगलमा रहेका रुखहरुलाई छल्र्दै जिप कल्भट बनाईएको खोल्सोमा खसेको थियो । नारायगढबाट बुटवल तरकारी लिएर जार्दै गरेको थियो ।

ठक्कर खाएको स्थानबाट निकै टाढा जिप छेदविच्छेद भएपनि चालक भने मृत्युको मुखबाट बाँच्न सफल बनेका छन् ।