एमआई फाइभ स्मार्टफोन नेपाली बजारमा


४ जेठ0451db29f4d3bfc6564f39524630fe55_225X300_1 (1) काठमाडौं । भत्सल इम्पेक्स प्रा.लि. श्याओमीको एमआई फाइभ नामक स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । यो स्मार्टफोन नेपालमै पहिलो पटक ल्याएको कम्पनिले जनाएको छ ।

उक्त फोनमा स्नापड्रागन ८२० सीपीयू, ३ जीबी र्याम र १६ मेगापिक्सल रियर क्यामेरा तथा ४ मेगापिक्सल फेसिङ क्यामेरा रहेको कम्पनीले जनाएको छ । कम्पनिको नेपालमा आधिकारीक विक्रेता भाट्सल इम्पेक्स प्रा.लि. रहेको कम्पनिले जनाएको छ ।

फोनको मूल्य ४९ हजार ९ सय ९९ रुपैंया रहेको कम्पनीले जनाएको छ । www.xiaominepal.com.np /kaymu.com.np अनलाइनमार्फत मे १७ देखि २० सम्म ४५ हजार ९ सय ९९ रुपैयाामा बुकिङ्ग गर्न सकिने कम्पनीले बताएको छ ।

सुर्खेतकालागि अधिकृत विक्रेता ज्वाला कम्प्यूटर सप्लायर्स रहेको छ ।