रैथाने बालीको माग बढ्दै,



अविरल ढकाल, जुम्ला
माघ ५
नेपाल सरकारले जुम्ला जिल्लालाई अर्गानिक तथा विषदी मुक्त जिल्ला घोषणा गरे लगतै जुम्लाका रैथाने बालीहरुको माग बढेको छ । विश्वको अग्लो २८५० मिटरको उचाईमा फल्ने जुम्ली कालो मार्सी धानको चामल चन्द्रशम्शेर राणा प्रधानमन्त्री हुदाँ र राजा महेन्द्र शाहको पालामा प्रति दिन हुलाक मार्फत एक केजी चामल जुम्लाबाट राजधानी पठाईने गरिन्थ्यो तर राजधानीले सदियौँ देखि कर्णालीलाई शोषण, उत्पिडन गर्दै आएको छ । उति बेला कर्णालीले राजधानीलाई चामल पठाउन्थ्यो तर अहिले राजधानीले कर्णाली माथि चामलको राजनैतिक गर्दै आएको छ । अझ त सरकारले कर्णालीबासी जन्मदा र मर्दा बीस केजी चामल दिने घोषणा पनि गरेको छ ।

आन्तरिक तथा बाह्यय पर्यटकको राजोईमा जुम्लामा उत्पादित अर्गानिक बालीहरु पर्ने गरेको छ । जुम्लामा उत्पादन हुने बालीमा कुनै पनि रासायिनिक विषादीको प्रयोग नभएकै कारणले रैथाने वालीको माग बढेको हो ।

पोषणयुक्त जुम्ली काली मार्सी धानको चामलको माग सबै भन्दा धेरै आउने गरेको स्थानिय व्यापारी टिकराज धितालले भने, हाम्रो जुम्लाको सबै रैथाने वालीहरुको माग बाहिरी जिल्लाहरुमा धेरै छ, यसले गर्दा पनि मैले रैथाने अर्गानिक बालीको व्यापार व्यवसाय थालेको हुँ । पहिले तरकारी पसल गर्दै आएको थिए तर त्यस बाट फाइदा नभए पनि चार महिना देखि अर्गानिक रैथाने बालीको व्यापार व्यवसाय गरे देखि मात्र करिब २०लाख रुपैया बराबरको कारोवार गरिसके धितालले बताए ।

यहाँको स्थानिय वालीको संकलन केन्द्र जुम्लाको सिंजा क्षेत्रमा, मुगुमा र जुम्ला बजारमा पनि संकलन केन्द्रमा रैथाने वाली संकलन भइरहेको पनि व्यापारी धितालले बताए ।

फापरको पिठो सुगर फ्रसि भएको कारणलले पनि फापरको पिठो ३ सय ५० रुपैयामा हाल र काली मार्सी धानको रातो चामल प्रति केजी १ सय ८० रुपैँयामा विक्री भइरहेको र फापरको पिठो, सिमी, काउनो, चिनो, उवा, आलु र जौँको माग बढेको हो । फापरको पिठो र चिनोका मुरी सुगर रोगीहरुले धेरै माग गर्ने गरेका छन् ।

५ करोड भन्दा बढीको रैथाने बाली यो नेपालका प्रमुख शहरहरु सुर्खेत, नेपालगंज, दाङ्ग, वुटवल, नारायणघाट, पोखारा र काठामाण्डौँमा निर्यात भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत बालकराम देवकोटाले बताए ।

हामीले किसानवर्गलाई अनुदान दिन सक्यौँ भने मात्र जुम्ला जिल्लाको बेरोजगार दर स्वत घट्छ देवकोटाले भने ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाले यो वर्षबाट तिला गाँउपालिकामा सिमीको ब्लक निर्माण गरि किसानहरुलाई व्यवसायिक रुपमा लाग्नको लागि अनुदान दिएर सिमी खेति गरेका थिए । यो वर्षमात्र ब्लक बाट दश मेट्रिक टन सिमी उत्पादन भएको थियो । उत्पादन भएको सिमी प्रति केजी १सय रुपैँयामा विक्री भई देवकोटाले बताए ।

यता नेपाल सरकारले पातारासी गाँउपालिकालाई आलुमा उर्वरभूमिमा घोषित गरे लगतै पातारासी गाँउपालिकाको छुमचौरमा आलुको पनि ब्लक निर्माण गरि किसानहरुले सामुहिक रुपमा आलु खेतिलाई व्यवसायिक रुपमा गर्न थालेका छन् । यो बर्षमात्र ब्लकबाट २५ मेट्रिक टन आलु उत्पादन भएको थियो । उक्त आलु हाल जुम्ला बजारमा प्रति केजी २५ रुपैँया किलोमा विक्री भइरहेको छ ।

यो ब्लकले गर्दा पातारासीका किसानले व्यवसायिक रुपमा आलु खेतिलाई अगाडि बढाएका छन् । यदि हामीले यहाँका स्थानिय बालिलाई प्राथमिकता दिन सक्यौ भने हामीले खाद्य संस्थानको अनुदानको चामलको मुख ताक्नु पर्दैन देवकोटाले भने, रैथाने बालीका साथै ओखर, सिमी, जिम्वो र टिमुरको पनि माग बढेको व्यापारी धितालले बताए ।