
१० पौष, सुर्खेत । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत विभिन्न तहको निर्वाचन सम्पन्न भएलगतै वीरेन्द्रनगर नगर समितिले आफ्नो गतिविधीहरु शुरु गरेको छ ।
यसैअन्तगत आज वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ र १४ मा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा वडा नं ५ मा विभिन्न पार्टी परित्याग गरि १ सय जनाले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई प्रमुख अतिथी जिल्ला सचिव देवकुमार सुवेदी र अतिथी नगर सभापती उपेन्द्रबहादुर खड्का, जिल्ला सदस्य कर्णबहादुर सिजाली राधा भण्डारी क्षेत्रीय सदस्य सुसिल भट्टराइ र महाधिवेशन प्रतिनिधी शान्ति पहाडी लगाएतले स्वागत गर्नुभएको थियो ।
कार्यक्रम वडा सभापति लक्ष्मी शाहीको सभापतित्वमा सम्पन्न भएको थियो ।
Milan Shrestha । १० पुष २०७८, शनिबार १७:४६ बजे