समाजसेवी एवं स्वयंसेवी रक्तदाता पाण्डेको सक्रियतामा मलद्वार विहिन बालकको शल्यक्रिया


२५ बैशाख, गुल्मी । गुल्मीमा सहयोगी मनहरुको सहयोगमा उपचारको अभावमा रहेका एक बालकको शल्यक्रिया सम्पन्न भएको छ ।

गुल्मीका स्थानीय व्यावसायी एवं स्वयंसेवी रक्तदाता ध्रुव पाण्डेको सक्रियतामा पिडित बालकको शल्यक्रिया गरिएको हो । बालकको जन्मजात नै मलद्वार थिएन उनै बालक यही उपचारकोलागि आर्थिक अभावमा बाँची रहेको अवस्थामा पाण्डेको सक्रियतामा रकम संकलन गरि उपचार सम्भव भएको हो ।

पिडित बालकका बुवा बाबुराम विश्वकर्मा र कमला विश्वकर्माका पहिलो सन्तान हुन् । दैनिकी ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेको बालकको परिवारले आर्थिक अभावको कारण जन्मजात रोगको उपचार गराउन सकेका थिएनन् । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर १४ रातामाटाका बाबुराम बिक र कमला बिकका सात वर्षीय छोरा आशिष बिकको जन्मदेखि नै मलद्वार थिएन । कम्मरको बायाँ तर्फमा प्वाल बनाएर दिसा गर्दै आएका आशिषको आर्थिक अवस्था कमजोर भएका कारण उपचार हुन नसकेको अवस्थामा समाजसेवी ध्रुव पाण्डेले सबैको सहयोगमा बालकको मलद्वारको शल्यक्रिया सफल भएपछी आमा कमला विश्वकर्माले सबैलाई धन्यवाद दिनुभएको छ ।

यस्तै बालकलाई पठनपाठनका लागि महेन्द्र नमुना माध्यमिक विद्यालयले सहयोग गर्ने भएको छ। विद्यालयले बालकले पढ्न चाहेमा सबै खर्च निःशुल्क गरिदिने घोषणा गरेको प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

पाण्डे भन्नुहुन्छ “स्वयंसेवी रक्तदाता समाज न्युरोड समितिका अध्यक्ष एवम् काठमान्डौ रक्तदाता समुह अध्यक्ष लायन्स इन्टरनेशन ३२५ आई लायन्स केदार प्रसाद न्यौपाने र लायन्स क्लब अफ काठमान्डौ वन्डर उमन कि संस्थापक अध्यक्ष मेघा तिमिल्सेनाको महत्वपूर्ण सहयोग रहेको छ । उहाँहरुको सहयोगमा लायन्स क्लव अफ काठमान्डौ र काठमाण्डौ रक्तदाता समुह संकलन गरेर बालकको शल्यकृया सम्भव भएको हो ।”