गौ-सेवा अक्षयकोषको स्थापना


१६ भाद्र, सुर्खेत । सामुदायिक पशु (गाई)लाई  दिगाे रुपमा गाै-वंशकाे समस्या समाधान गर्ने अभिप्रायले सञ्चालित कर्णाली गाैशाला तथा सरसफाइ बहुदेश्यीय सहकारी संस्था बाट संचालित ” गाै-सेवा अक्षयकोष”  स्थापना गरिएको छ । वीरेन्द्रनगर १० का विमिता अर्याल तथा कल्पना अर्यालले आफ्नो आमा स्वर्गिय खगिसरा अर्यालकाे प्रथम बार्षिक पून्यतिथीकाे अवसरमा अक्षयकाेष स्थापनार्थ १ लाख १ सय ५१ एकाउन्न रूपैयाँ हस्तान्तरण पछि गौ-सेवा अक्षयकोष स्थापना गरिएको हो ।
अक्षयकोष स्थापना कार्यक्रममा वीरेन्द्रनगर १० का निवर्तमान वडा अध्यक्ष रत्न बहादुर बुढा प्रशान्ती धार्मिक बनका अध्यक्ष बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष दिपा शर्मा, काेषाध्यक्ष मनकुमारि आचार्य, सहसचिव टाेप बहादुर राष्कोटी लगायत धार्मिक बन, सुन्दर कर्णाली गाैशाला तथा आर्यघाट ब्यबस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
सुन्दर कर्णाली गाैशालाका अध्यक्ष ताराकेशर पाैडेलकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा दाताहरूकाे तर्फबाट गाैमातालाई फलफुल भाेजन तथा सेवकहरूलाई २ बोरा चामल, दाल र तरकारी पनि हस्तान्तरण गरिएको थियो ।