
पवन जयसवाल
२२ बैशाख, नेपालगञ्ज (बाँके) । सन्त निरंकारी मण्डल नेपाल, नेपालगञ्ज शाखा बाँके मानव एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
मण्डलले “रगत नालीमा होइना, नाडीमा बगाऔं” मूल नाराका साथ कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपालगंज उप-महानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक होमराज गिरीलाई रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रम शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि उप-महानगरप्रमुख विष्टले सन्त निरंकारी मण्डल नेपाल, नेपालगञ्ज शाखालाई सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सहायक महामन्त्री ऋषिराज देवकोटा, बासका खेम बिष्ट लगायतले आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिका वार्ड नं.–६ का वडाध्यक्ष समीर प्रताप सिंह, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल, सामाजिक अभियन्ता सुदिप भट्ट लगायतको उपस्थित रहेको थियो कार्यक्रममा महिला पुरुष गरि ५४ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी पुरैनी उप–शाखाका सभापति शिवकुमार वर्माले गर्नुभएको थियो ।



News Desk । २२ बैशाख २०८१, शनिबार १८:२१ बजे