
२२ बैशाख, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सँगै रहेको मालपोत कार्यालयमा आज आगलागी भएको छ । कार्यालयको स्टोर कोठमा आगलागी भएको हो ।
आगलागीबाट कार्यालयको जिन्सी शाखामा रहेका काठ र स्टिलको २५ कुर्सी, २ वटा स्टिलको दराज, एउटा जेनरेटर, पुरानो मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो । आगो कसरी लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।




Prawash Kumar Shakya । २२ बैशाख २०८१, शनिबार १८:२५ बजे