शहिद दिवसमा रक्तदान


१६ माघ । सुर्खेत । आज शहिद दिवसको अवसरमा ४ संस्थाहरुले संयूक्त रुपमा रक्तदानको कार्यक्रमको आयोजना गरि शहिद दिवश मनाएका छन् ।

सुर्खेत महिला जेसिज, आशा सञ्जाल र एमनेष्टी इन्टरनेशनल समूह ६९ सुर्खेत र काँक्रेविहार युथ नेटवर्कले संयुक्तरुपमा रक्तदान गरेकाहुन् ।

रक्तदान कार्यक्रमको शुरुवात गर्दै महिला जेसिज कि अध्यक्ष कृति गुभाजु शाक्यले जेसिजको मुलमन्त्र “मनवताको सेवा नै जिवनको सर्बोत्तम कार्य” लाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको र कार्यक्रमलाई सफल बनाउनकालागि अरु संस्थाहरुले पनि साथ दिएको बताइन ।

कार्यक्रममा महिला जेसिज अध्यक्ष शाक्य सहित २ महिला र ३० जना नेपाल आर्मीहरुले रक्तदान गरेका थिए ।