आदिवासी जनजातीको सचेतना कार्यक्रम सम्पन्न


कर्ण रसाइली

आदिवासी जनजाती लगायत पिछडिएको बर्गका लागि स्थानिय निकायले छुट्‍याइएको बजेट विनियोजनमा कन्जुसाइ नगर्न एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । नेपाल आदिवासी जनजाती गाउँ कार्य समिती मालारानी सुर्खेतले आयोजना गरेको एक दिने सचेतना कार्यक्रमका सहभागीहरुले यस्तो जोड दिएका हुन । दलित, महिला, अपाङग, बालबालिका तथा पिछडिएको बर्गका लागि स्थानिय निकाय जिल्ला विकास समिती, नगरपालिका, गा.वि.स.लगायतका निकायहरुले बजेट विनियोजनमा निकै कन्जुसाँइ गरेकोले त्यस्ता कार्यहरु नगर्न समेत सहभागीहरुले माग गरेका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका महासचिव अशोक राजीले आदिवासी जनजाती लगायत पछाडी पारिएका बर्गहरुका लागि स्थानिय निकायले बजेट विनियोजन गर्दा ति वर्गहरुका लागि आँखामा छारो हाल्ने काम मात्र गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अथितिसमेत रहनुभएका महासचिव राजीले आदिवासी जनजाती लगायत पिछडा बर्गका लागि आएको बजेटहरु सम्बन्धित निकायहरुले अन्य विषयहरुमा प्रयोग गरिरहेको समेत आरोप लगाउनुभयो । आगामी दिनहरुमा यस्ता बजेट विनियोजन गर्दा सबैले विशेष ध्यान दिइ सहयोग गरिदिन पनि उहाँले सुझाव दिनुभयो ।

सचेतना कार्यक्रममा महासंघ सुर्खेतका निवर्तमान अध्यक्ष मोहन गुरुङले पुर्खादेखि नै थिचोमिचोमा पर्दै आएका आदिवासी जनजातीहरुले अबका दिनहरुमा आफ्‍नो हक अधिकारका लागि संगठित हुँदै आफु र आफ्‍नो परिवारलाइ अगाडी बढाउँदै लैजान सुझाव दिनुभयो । आदिवासी जनजातीहरुले आफ्‍नो हकका लागि निरन्तर आन्दोलनमा नै रहेकाले पनि सम्बन्धित निकायले विशेष ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो ।

यस्तै महासंघ सुर्खेतका सदस्य तथा कुमाल सुधार समितीका अध्यक्ष लाले कुमालले आदिवासी जनजातीहरु प्नि आफु सक्ष्ाम र मेहेनत गर्दै जानुपर्नेमा जोड दिनुभयो । विभिन्न मध्यपान तथा धुम्रपान जस्ता कार्यहरुबाट टाढा रहदै गएमा पनि आफ्‍नो समुदायलाइ अगाडी बढाउन सजिलो हुनेमा सदस्य कुमालले विश्वास व्यक्त गर्नुभयो ।

गाउँ कार्य समिती मालारानीका अध्यक्ष हरिलाल थापामगरको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका नन्दलाल भुषाल, एमालेका सन्तुराम मगर, हरियाली बचत सहकारीका मुना सिंह ठकुरी, भ्याली मेरेडियमका सञ्चालक खुम बहादुर वि.क., मगर विद्यार्थीका उपाध्यक्ष मदन सारु, लिलाराम डाँगी, माया थापा, सल्लाहकारहरु काँसिराम गाहा, चित्रबहादुर थापा, लगायतले आआफ्‍ना भनाइहरु राख्नुभएको थियो ।

कार्यक्रम खुम बहादुर मगरले सञ्चालन गर्नुभएको थियो ।