
बिस्नप्रसाद न्यौपाने
कालिकोट माघ १७ ।
कालिकोट जिल्लामा निर्माण गरिएको सान्निघाट स्यूना सीपखाना जिल्ला सडक आयोजनाको औपचारिक रुपमा उद्घाटन गरिएको छ । नेपाल सरकार, बेलायत सरकार र डिएफआईडीको सहयोग, स्थानिय साझेदार संस्था भिडिसेफ नेपालको सामाजिक परिचालन तथा ग्रामिण पहुँच कार्यक्रमद्वारा निर्माण गरिएको सान्निघाट स्यूना सीपखाना जिल्ला सडक आयोजनालाई बुधबार औपचारीक रुपमा उद्घाटन गरी रास्कोट नगरपालिकालाई हस्तान्त्रण गरिएको हो ।
रास्कोट नगरपालिका मेयर कासीचन्द्र बरालको प्रदेश नं. ६ का सांसद शुशीला शाहीको प्रमूख आतिथ्यता, स्थानिय विकास मन्त्रालयका निमित्त सचिव आनन्दराज ढकाल, डिएफआईडीका प्रमुख रुरीक मार्सडेन र जिल्ला समन्वय समिति कालिकोटका प्रमूख अनीपाल शाहीको प्रमूख आतिथ्यतामा उक्त सडकलाई रिबन काटेर उद्घाटन गर्दै रास्कोट नगरपालिकालाई औपचारीक रुपमा हस्तान्त्रण गरिएको छ ।
राष्ट्रिय गौरबको आयोजना कर्णाली करीडोरसँग जोडिएको सान्निघाट देखी सिपखाना सम्मको १८ किलोमिटर सडकले कालिकोट जिल्लाको रास्कोट क्षेत्रको आर्थिक, सामाजिक विकासका लागि महत्वुपूर्ण भुमिका खेल्ने बताईएको छ ।
कार्यक्रममा प्रमूख अतिथि प्रदेश सांसद शुशीला शाहीले सान्निघाट स्यूना सीपखाना जिल्ला सडक आयोजनाले रास्कोट क्षेत्रको मुहार फेर्ने बताईन ।
नेपाल सरकार र बेलायत सरकारको साझेदारीमा निर्माण गरिएको सान्नीघाट स्यूना सीपखाना जिल्ला सडक आयोजना नमुना भएको बताउँदै अहिले सिंहदरबारको अधिकार गाँउगाँउमा आएकोले अब अधिकारको उपयोग गर्न स्थानिय सरकार सक्षम हुनुपर्ने संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका निमित्त सचिव आनन्दराज ढकालले बताए ।

कार्यक्रममा डिएफआईडीका प्रमूख रुरीक मार्सडेनले आफुहरुको सहयोग कालिकोटको रास्कोट क्षेत्रका नागरिकहरुले निकै प्रभावकारी रुपमा सदुपयोग गरी नमुना सडक निर्माण गरेको बताए ।
कार्यक्रममा ग्रामिण पहुँच कार्यक्रमका डिपुटी म्यानेजर अर्जुन पौडेले स्थानिय नागरिकहरुको सक्रियतामा निर्माण गरिएको सान्निघाट स्यूना सीपखाना जिल्ला सडक आयोजना अन्य स्थानिय तहहरुले अवलोकन गर्न योग्य भएको बताउदै काम गर्ने सबै उपभोक्ताहरुलाई धन्यबाद दिए ।
कार्यक्रममा रास्कोट नगरपालिकाका प्रमुख कासीचन्द्र बरालले सान्निघाट स्यूना सीपखाना जिल्ला सडक आयोजनाले रास्कोट नगरपालिकाको आर्थिक, सामाजिक तथा राजनितिक अधिकारी प्राप्त गर्न पनि सहयोग गरेको बताए । आगामी दिनमा यसको निरन्तरता तथा मर्मत सम्भारको लागि प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा स्थानिय साझेदार संस्था भिडिसेफ नेपालका अध्यक्ष मीनबहादुर बोगटीले ग्रामिण पहुँच कार्यक्रमद्वारा निमार्ण गरिएको सान्निघाट स्यूना सीपखाना जिल्ला सडक आयोजना जिल्लाकै नमुना भएको बताउदै यसमा महिला पुरुष समान ज्याला तथा मजदुरको हातमा पारदर्शी हिसावले ज्याला भुक्तानि गर्नु नै उदाहरणीय कार्य भएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक अनीपाल शाही, नेकपा एमालेका जिल्ला सदस्य गोरख शाही, नेपाली कांग्रेसका जिल्ला सहसचिव दमनबहादुर शाही, नेकपा माओबादी केन्द्रका नेता धर्मराज शाही लगायतका वक्ताहरुले आआफ्नो भनाइ राखेका थिए ।



Prawash Kumar Shakya । १७ माघ २०७४, बुधबार १४:०३ बजे