
काठमाडौं । रुसमा जारी फिफा विश्वकप २०१८ का क्वाटर फाइनलका खेलहरु भोलि शुक्रबारदेखि सुरु हुँदैछन् । विश्वकप क्वाटर फाइनल प्रतिस्पर्धामा फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल, बेल्जियम, स्वीडेन र इंगल्याण्ड छन् । यी देशहरु सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् ।
शुक्रबार
फ्रान्स र उरुग्वे तथा ब्राजिल र बेल्जियम प्रतिस्पर्धामा उत्रनेछन् ।
फ्रान्स र उरुग्वेबीच हुने सेमिफाइनल प्रवेशको खेल जुलाई ६ तारिख अर्थात भोलि शुक्रबार नेपाली समयअनुसार राति पौने ८ बजे हुनेछ । यसैगरी ब्राजिल र बेल्जियमबीचको खेल पनि शुक्रबार राति पौने १२ बजे हुनेछ ।
शनिबार
स्वीडेन र इंगल्याण्ड तथा रुस र क्रोएसिया बीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।
क़स्वीडेन र इंगल्याण्ड बीच सेमिफाइनल प्रवेशको खेल जुलाई ७ तारिख शनिबार राति पौने ८ बजे हुनेछ l अन्तिम क्वाटर फाइनलमा रुस र क्रोएसियाबीच जुलाई ७ तारिख पर्सि शनिबारका दिन राति पौने १२ बजे सुरु हुनेछ ।
साभारः नेपालगाथा ।



Milan Shrestha । २१ असार २०७५, बिहीबार १६:२३ बजे