महिला मञ्च २०७४ सुर्खेतमा शुरु


मिलन श्रेष्ठ ।
सुर्खेत, २२ चैत ।
“संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको मुल आधार,, महिलाको आफ्नो शरिर, श्रम र पहिचानमा आफ्नो अधिकार ” भन्ने मुल नाराका साथ विहिवार देखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरीय महिला मञ्च २०७४ हुन लागेको हो । कार्यक्रम महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालको आयोजनामा शुरु भएको हो ।
बिहिबार देखि यहि चैत शन्विार (तीन दिन) सम्म चल्ने उक्त कार्यक्रममा समाज र महिलासंग सम्बन्धित केन्द्रिय तथा प्रदेशका समग्र समस्यामा विज्ञहरुले सहजीकरण गरी साझा धारणा निर्माण गरिने राष्ट्रिय संजालको सचिवालयमा कार्यरत नारायणी देवकोटाले जानकारी दिइन् ।
विभिन्न प्रदेशमा फरक फरक विषयमा छलफल हुने मञ्चमा कर्णाली प्रदेशका लागि मुल विषयको रुपमा ‘महिलाको प्रजनन् तथा यौन स्वास्थ्यको अधिकारःप्रदेश बिकासको मूल आधार’ तय गरिएको जिल्ला संजालका अध्यक्ष पवित्रा शाहीले बताइन् ।
कार्यक्रममा स्थानिय तहमा निर्वाचित उप–प्रमुखहरु, रक्षक संजालका प्रतिनीधि, महिलाको क्षेत्रमा काम गरिरहेका संघ संस्थाका प्रतिनीधि र महिला अधिकारका क्षेत्रमा स्वतन्त्र रुपमा काम गरिरहेका व्यक्तिहरु गरी २ सय जनाको सहभागिता रहनेछ ।