काठमाडौँ– सार्वजनिक निकायमा कुनै अनियमितता भएको छ वा सेवाप्रदायक निकायमा सेवा लिन जाँदा तपाईंमाथि कुनै सरकारी कर्मचारीले दुःख दिएका छन् भने अब धन्दा नमान्नुस् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजदेखि नेपाल टेलिकमको सहयोगमा १०७ नम्बरको टेलिफोन नम्बर सञ्चालनमा ल्याएको छ । सो टेलिफोन नम्बर चौबिसै घन्टा सञ्चालनमा रहनेछ ।
मुलुकभित्रका जुनसुकै स्थानबाट नागरिकले आयोगलाई भ्रष्टाचार तथा अनियमितताका बारेमा जानकारी दिन सक्नेछन् । नेपाल टेलिकमका जुनसुकै सेवाबाट नागरिकले जुनसुकै समयमा निःशुल्क रुपमा फोन गरेर आफ्ना गुनासा टिपाउन सक्नेछन् ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार आयोगको सो नम्बरमा फोन आएको एकाध मिनेटभित्रै आयोगको टोली सेवाग्राहीले समस्या भोगेको स्थानमा पुग्नेछन् ।
नियमअनुसार हुने काम गरिदिन पनि सरकारी निकायले ढिलासुस्ती गर्ने, अनावश्यक दुःख दिने, घूस माग्ने प्रवृत्तिलाई नियन्त्रण गर्न उक्त नम्बर प्रभावकारी बन्ने आयोगको दाबी छ ।
नेपाल प्रहरीको १००, दमकलको १०१, ट्राफिक प्रहरीको १०३ र बालबालिका हराएमा १०९८ मा निःशुल्क फोन गरेर आफ्ना गुनासा तथा चासो व्यक्त गर्न सके जस्तै आयोगले आजदेखि औपचारिक रुपमा उक्त नम्बर सञ्चालनमा ल्याएको हो ।
प्रवक्ता पुस्करले भने, ‘‘जुनसुकै सरकारी निकायमा सेवाग्राहीसँग घूस मागिएको छ, काममा आलटाल गरिएको छ वा दुःख दिइएको छ भने नेपाल टेलिकमको नम्बरबाट तत्काल आयोगमा फोन गर्नुस् । हामी तत्काल त्यस्ता निकायमा उपस्थित हुन्छौं र दोषीउपर कारबाही गर्छौं ।’’
यसअघि आयोगले विभिन्न हटलाइन नम्बरको व्यवस्था गरेको थियो । तर आयोगले अनावश्यक रुपमा दुःख दिने नियतले फोन गरेको पाइए, त्यस्ता व्यक्तिलाई पनि कानुनको दायरामा ल्याउने जनाएको छ ।
“घूस लिए, काममा आलटाल गरेर अनियमितता गरेको पाइए मात्र फोन गर्नुस् होइन भने दुःख दिने उद्देश्यका साथ फोन नगर्नुहोला”, प्रवक्ता पुस्करले भने, ‘‘सार्वजनिक निकायको कुनै भ्रष्टाचार, घूसखोरी वा अनियमिततासम्बन्धी केही ठोस जानकारी छ भने तुरुन्त १०७ नम्बरमा फोन गर्नुस् । हामी आवश्यक कारबाही गर्छौं ।’’

Milan Shrestha । ७ माघ २०७२, बिहीबार ०९:४६ बजे