जुम्ला १४ घण्टा लोडसेडिङ्गको मारमा


साना जलविधुत गृह जुम्ला

अविरल ढकाल, जुम्ला
माघ २० । राजधानी लगायत सहरी क्षेत्र झिलिमिली भइरहँदा दुर्गम कर्णालीमा भने लोडसेडिङ्गले अँध्यारो हुँदै गएको छ । कर्णालीको केन्द्र जुम्ला सदरमुकाम खलंगा र आसपासको क्षेत्रमा दैनिक १४ घन्टा लोडसेडिङ हुन थालेको छ ।

जुगाड खोलामा पानीको बहाव घटेपछि लोडसेडिङ बढेको बताउँदै साना जलविद्युत् आयोजना उपभोक्ता समितिका संयोजक हर्कबहादुर बोहराले भने, ‘उत्पादन घटेपछि बाध्य भएर १४ घन्टा लोडसेडिङ गरिरहेका छौँ ।’

२०३७ सालमा ५ सय घरधुरीको लागि सर्वे गरि निर्माण गरिएको साना जलविद्युत अहिले २८०० घरधुरीमा विद्युत जडान गरिए पछि लोडसेडिङ्ग बढेको हो । उपभोक्ता समितिद्वारा वितरण गरिरहेको विधुत उत्पादनमा कमी भएपछि सदरमुकाम आसपास र चन्दननाथ नगरपालिका भर लोडसेडिङ्ग हुन गएको हो ।

खोलामा पानीको बहाब घट्नुका साथै घुघुतीमा उत्पादित विधुतको पावर हाउसको मेसिन जिर्ण भएपछि विधुत उत्पादनमा समस्या भएको र दैनिक १४ घण्टा लोडसेडिङ गर्न बाध्य भएको साना जलविद्युत उपभोक्ता समिति जुम्लाका इन्चार्ज हर्कबहादुर बोहोराले बताए ।

प्रत्येक उपभोक्ताले हिउदँको समयमा राईस कुकुर, विधुतीय हिटर लगायतका उपकारणको प्रयोगले गर्दा लोडसेडिङ बढेको इन्चार्ज बोहोराले बताए ।

२०३७ सालमा २ करोड ६० लाखको लागतमा निर्माण भएका साना जलविद्युत मर्मत संभार हुदाँ अहिले जिर्ण अवस्थामा रहेको छ ।