सुर्खेतमा टिपरको ठक्करबाट एकको मृत्यु, जिल्ला प्रशासनद्धारा कर्फ्यु जारी


मिलन श्रेष्ठ
माघ,१४ सुर्खेत । सुर्खेत जिल्लाको मुख्य र अति व्यस्थ रहने मंगलगढी, बांगेसिमल सडक अन्र्तगत गौतम चोक नजिकै मंगलबार बिहान टिपरको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ। बिहान भे १ ख २२४२ नम्बरको टिपरले भे १ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केशर सिंहको मृत्यु भएको हो।
पश्चिम दिशाबाट पूर्वतर्फ आइरहेका कालिकोटको महावै गाउँपालिका–३ डिल्लीकोटका सिंह सवार मोटरसाइकललाई सोही दिशाबाट आइरहेको टिपरले ठक्कर दिएको हो।

तनाव ग्रस्त वीरेन्दनगर ।

प्रत्यक्षदर्शीका अनुसार टिपरले सिंहलाई किचेर करिब २० मिटरसम्म घिसारेको छ। प्रहरीले टिपर चालक र टिपरलाई नियन्त्रणमा लिएको छ। दुर्घटनापछि वीरेन्द्रनगर तनावग्रस्त बनेको छ। मुख्य सडकको गौतम चोक, यरीचोक र मंगलगढी चोकमा मृतकका आफन्तले टायर बालेर प्रदर्शन गरिरहेका छन्।