नेपाली काँग्रेसले देशभर जागरण अभियान गर्ने


१० बैशाख, सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलीदेखी देशभर राष्ट्रिय जागरण अभियानको सुरु गर्ने भएको छ । सुर्खेतमा हुने कार्यक्रमलाई नेपाली काँग्रेसका कोषाध्यक्ष सितादेबी यादब र केन्द्रिय सदस्य गगनकुमार थापाले सम्बोधन गर्ने कांग्रेस सुर्खेतले जनाएको छ ।
जागरण अभियानको भोली बिहान १० बजे पार्टी कार्यालयमा उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीले जनकारी दिनुभयाे ।
जेठ ११ गते सम्पन्न हुने प्रथम चरणको कार्यक्रममा हिमाल, पहाड, तराईका लागि ७७ वटै जिल्लामा प्रतिनिधिहरु खटाइएको छ ।
सरकारले संघीयताको मर्म अनुसार काम गर्न नसकेको कुरा आम जनतालाई जानकारी दिने उदेश्यले राष्ट्रिय जागरण अभियान संचालन गर्न लागिएको काँग्रेसले जनाएको छ।
तीन चरणमा सञ्चालन हुने राष्ट्रिय जागरण अभियान अन्तरगत पहिलो चरणको एक महिने कार्यक्रम ७७ जिल्लामा हुनेछ । त्यसैगरी दोस्रो चरणको कार्यक्रम भदौ २३ गतेदेखि असोज ७ गतेसम्म ३ सय ३० वटै निर्वाचन क्षेत्रमा सञ्चालन हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुसको दोस्रो साता सबै पालिकामा हुने पनि कांग्रेसले जनाएको छ ।