
२२ माघ । सुर्खेत । यही माघ २६ गते देखि प्रदेश नं. ६ को अस्थायी मुकाम सुर्खेतमा हुने प्रदेश स्तरिय महोत्सवको तयारी तिब्रगती भैरहेको छ ।
महोत्सव स्थलमा स्टल स्वागत द्वार लगाएत प्रचारप्रसारको काम तिब्रगतीमा भैरहेको र विषेश गरेर फेन्सी कपडा र होटेल रेष्टूरेण्टहरुकोलागि स्टलको माग अत्याधिक आएकोले स्टल पूर्णरुपमा दिन नसकेको अवस्था भएको महोत्सवका संयोजक नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. ६का अध्यक्ष पदमबहादुर शाहीले बताए ।
महोत्सव संचालनमा विरोधका गर्नेहरु संग छलफलहरु भैरहेकोले त्यस्तो बाधा नहुने र महोत्सवलाई कसरी उदघाटन गर्ने भन्ने बारेमा छलफल गरेर मात्र गरिने संयोजक शाहीले जानकारी दिए ।
त्यस्तै बहुमुल्य पथ्थर लगाए जडिबुटीहरुको स्टलकालागि कर्णालीका विभिन्न जिल्लाका व्यवसायीहरु संग समन्वय भै रहेको महोत्सव समारोहका सदस्य हरिचन्द्र चलाउनेले बताए ।
Milan Shrestha । २२ माघ २०७४, सोमबार ०३:४३ बजे