मुगुमा क्रियाशिल भए पर्यटन पत्रकार


कृष्णराज धमाला
चैत्र १, सुर्खेत ।

नेपाल पर्यटन पत्रकार संघको मुगु शाखा गठन गरीएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुको भेलाले कबिराज कार्कीको अध्यक्षतामा ७ सदस्यिय शाखाको गठन गरेको हो ।

भेलाले शाखाको उपाध्यक्षमा नन्दबहादुर रोकाया, सचिवमा सुमित्रा रावल, कोषाध्यक्षमा दानबहादुर बुढा, सदस्यहरुमा मोहन मल्ल, बिरबहादुर भाम, रामदेवी खड्कालाई चयन गरेको छ ।

सम्पन्न भेलाले विनोदकुमार मल्ल, नृपेन्द्रबहादुर मल्ल, राजबहादुर शाही रहेको सल्लाहकार समिति गठन गरेको छ भने अंकबहादुर बुढा र सक्कबहादुर बुढालाई प्रदेश पार्षदको जिम्मेवारी दिएको छ ।

रारा लगायतका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसारमा कलम चलाउने उद्येष्यले शाखाको गठन गरीएको जनाइएको छ ।