नेमकिपाका कार्यकर्ता पार्टीबाट निस्कासित


१८ मंसिर । सुर्खेत । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सुर्खेतले आफ्ना १ जना कार्यकर्तालाई पार्टीको सिद्धान्त विपरित कार्यक गरेकोले पार्टीबाट निस्कासन गरेको आज जारी गरेको प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

बहुमत कामदार जनतालाई शासक वर्गको रुपमा उठाउने र वर्तमान असमानतालाई हटाएर  सभ्य समाजको निर्माणमा लागेका हरेक कार्यक्रता र समर्थकले पार्टी विधानलाई पालना गर्नु कर्तब्य र जिम्मेवारी गर्नुपर्नेमा त्यो नगरेको हुनाले वीरेन्द्रनगर नगरपालिका वडा नं २ गुप्तीपूरका एेमान बुढालाई पार्टीको विधान २०४७ छैठौं महाधिवेशन २०७० चैत्र बाट पारित विधानको धारा ७ को २ अनुसार साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निस्कासन गरिएको जारी नेमकिपा जिल्ला समितिका सुर्खेतका अध्यक्ष बमबहादुर शाही द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जाइएको छ ।