अविरल ढकाल, जुम्ला
फागुन ६ । निर्धारीत समयमा पूल निर्माण नहुँदा एम्बुलेन्सलाई हेर्दै पातारासीवासी स्ट्रेचरमा बिरामी बोक्न बाध्य छन् ।बाटो बनेकोछ, एम्बुलेन्स पनि थन्किएको छ, पूल निर्माण कार्य अधुरो छ, स्थानिय बिरामीलाई स्ट्रेचरमा बोक्न बाध्यछन् ।
दुइ साता देखि नै पातारासी गाँउपालिकाको एम्वुलेन्स उर्थु चौतारामा पर्ने जवा नदिमा पुल नबन्दा चौतारामै थन्किएको छ । पातासारी गाँउपालिकामा एम्वुलेन्स भए पनि विरामीलाई डोको र स्ट्रेचरमा बोक्न स्थानिय बाध्य भएका छन् । पातारासी गाउँपालिका वडा नम्वर ६ उर्थु चौतारामा पर्ने जवा नदिमा यो आर्थिक बर्षो कार्तिक महिनामा सम्पन्न हुनु पर्नेमा अहिले सम्म पनि निर्माण कार्य सकिएको छैन । एम्वुलेन्सले खोला तर्न नसक्दा अहिले सम्म पनि एम्वुलेन्स गाँउपालिकामा पुग्न सकेकोे छैन ।
पातारासी गाँउपालिकाका स्थानिय धर्मसिंह बोहोराले भने, उर्थु चौताराको पुल नबन्दा गाँउपालिकाको एम्वुलेन्स खोला पारी नै थन्किएको छ । तर गाँउपालिकाका विरामीलाई स्ट्रेचरमा र डोकोमा नै बोकेर कर्ण्ााली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुर्याउनु हाम्रो बाध्यता छ । उनले भने, पहिला पक्की पुल बनाएर मात्र एम्वुलेन्स गाउँपालिकाले खरिद गर्नु पर्ने हो, पर्ूबाधार बिना गाँउपालिकाले एम्वुलेन्स किन खरिद गर्यो स्थानियलाई थाहा छैन । स्थानियलाई केवल “आकाशको फल आँखा तरि मर” गाउँपालिकामा एम्वुलेन्स भए पनि विरामीलाई उही डोको र स्ट्रेचरमा बोक्नु पर्ने कष्ट हटेको छैन । अव त । सुविधा हुन्छ होला – भने आश थियो । आश पनि साउन मासको गाड जस्तो भएको बोहोराले बताए ।
भारत सरकारले सहयोग गरेको एउटा एम्वुलेन्स त प्रयोगमा आएको छैन । फेरी गाँउपालिकाले दुइ एम्वुलेन्स खरिद गरिरहेको छ । भएको स्रोत र साधनको प्रयोग नभएको बेलामा अझै एम्वुलेन्स थप्नु राम्रो नभएको स्थानिय कमला बुढाको गुनासो छ । एम्वुलेन्सले खोला तर्न सक्दैन, विरामीलाई स्ट्रेचरमा ल्याउँदा ल्याउँदै मर्ने सम्भावना हुन्छ ।
मोटर बाटो गाँउ सम्म पुग्दा खाद्यन्न तथा निर्माण सामाग्री ल्याउनको लागि सुविधा भए पनि विरामी पर्दा अझै पनि डोको र स्टे्रचरमै बोक्नु पर्ने बाध्यता सुनाए, गाँउपालिका ४ का हिरालाल रावतले । पहिले पहिले महिनौं लगाएर र्सर्ुखेत बाट नुन, चामल र तेल ल्याएर खानु पर्थ्याे । कहिले जुम्ला बजारमा गाडी पुग्यो केही सुबिधा मिल्योे ।
पातारासी गाँउपालिकामा चार वटा स्वास्थ्य चौकी भए पनि स्थानियले सिटामोलको टाटो सम्म पनि समयमा नपाउने बताएका छन् । स्वास्थ्य चौकीले जटिल किसिमका विरामी आउन वितिकै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गर्ने गरेको पातारासी गाँउपालिका ४ की छोदेन लामाले बताईन् । लामाका अनुसार सुरक्षित सुत्केरी सेवा लिनको लागि त जुम्ला बजार नै धाउनु पर्छ ।
२०७१ साल बाट निर्माण कार्य सुरु गरेको पृथ्वी जेभि निर्माण कम्पनीले गत कार्तिक महिनामा सम्पन्न गर्नु पर्ने पुल अहिले सम्म सम्पन्न भएको छैन । नदिको बहाव बढेकाले समयमा का सम्पन्न नभएको भन्दै समय थप गरेमा आउने असारमा पुल निर्माण कार्य सम्पन्न हुने निमार्ण कम्पनीले जानकारी दिएको छ ।
भारत सरकारको सहयोगमा गाँउपालिकाले पाएको एम्वुलेन्स अवको केही दिनमा सञ्चालनमा आउने र गाउँपालिकाले पनि एम्वुलेन्स खरिद गर्ने गाँउपालिकाका अध्यक्ष लछिमन बोहोराले बताए । गाउँपालिकाले दुइ एम्वुलेन्स खरीदको लागि ४५ लाख रकम विनियोजित गरेको थियो । भारतको ६१ औँ गणतन्त्र दिवसको अवसरमा गाउँपालिकालाई उपहार दिएको एम्वुलेन्स खोला वारी नै थन्किएको अवस्थामा गाउँपालिकाले फेरी अर्काे एम्वुलेन्स खरिद गर्ने समेत तयारी गरेको छ ।



Prawash Kumar Shakya । ६ फाल्गुन २०७४, आईतवार १२:५७ बजे