कालिकोटका स्थानिय सरकारको प्राथमिक्तामा सडक र बिधुत


बिस्नप्रसाद न्यौपाने
कालिकोट फागुन २२ गते ।
कालिकोट जिल्लाका ९ वटै स्थानिय सरकारहरुले सडक र  बिधुत पहिलो प्राथमिक्ता राखेका छन् । जिल्लाका तीन वटा नगरपालिका र ६ वटा गाँउपालिकाहरुले सडक र बिधुत सेवा गाँउ गाँउमा नभई अन्य विकासका सम्भावनाहरु उजागर गर्न नसकिने भन्दै आफ्नो कार्यकालको पहिलो बर्षसडक र बिधुतलाई पहिलो प्राथमिक्ता दिएका हुन् ।

जिल्लाको पलाँता गाउपालिका अध्यक्ष लक्ष्मण बमले पलाँता गाउपालिकामा स्थानिय उत्पादनहरुको बजारीकरण तथा रोजगारी सिर्जना गर्न सडकलाई पहिलो प्राथमिक्ता दिएको बताए । उनले गाँउपालिकाको कुल बजेट २२ करोड मध्य झण्डै पाँच करोड बजेड सडक निर्माणमा मात्र बिनियोजन गरिएको जानकारी दिए । उनले भने, गाँउमा गाडी र बिजुली भएपछि विकासको मुल फुटाउन सकिने भन्दै यस बर्ष गाँउपालिकाका सवै वडाहरुमा सडक संजाल जोडिने गरी बजेट बिनियोजन गरी काम भईरहेको छ । उनले गाँउपालिका सबै वडाहरुमा बिधुत सेवा संचालन गर्न दाम्री खोला साना जलबिधुत आयोजना र दुर्षी खिन जलबिद्युत आयोजना निर्माण प्रक्रियामा रहेको बताए ।

यस्तै तिलागुफा नगर प्रमूख रतनबहादुर शाहीले आफुले बढीमा २ बर्षभत्र नगरपालिकाका ११ वटै वडाहरुमा सडक संजालले जोडने गरी सडक निर्माणको कामलाई गति दिएको बताए । उनले यस बर्ष नगरपालिकाबाट झण्डै साडे पाँच करोड सडक निर्माणमा मात्र बजेट बिनियोजन गरी काम थालिएको बताए । उनले तिलागुफा नगरपालिका प्राकृतिक रुपमा बर्दान पाएको, जल, जंगल र जडीबुटी तथा नगदे बालीको प्रचूर सम्भावनाहरुको बताउदै सडक र बिद्युत सेवा नगरमा नहुँदा उपयोग बिहिन भएको बताउदै अबको २ बर्षा सडक र बिद्युत सेवा सबै वडाहरुमा पुगाउने प्रतिबद्धता जनाए ।

यस्तै जिल्लाको कालिका गाउपालिका अध्यक्ष खडानन्द चौलागाईले आफुने गाउपालिकाका तीन वटा ठाँउबाट डोजर मार्फ सडक निर्माणको कामलाई तिब्रता दिएको बताए । उनले कालिका गाउपालिका भौगोलीक रुपमा निकै कठिन भएकाले कामदारबाट सडक निर्माण गर्न ढिलाई हुने भएकाले आफुले डोजर मार्फ सडक निर्माणको कार्य थालेको बताए । उनले गाउपालिकाले यस बर्षसडकमा मात्र ५ करोड २५ लाख बजेट बिनियोजन गरिएको जानकारी दिए । उनले गाउपालिकामा बिधुतसेवा बिस्तारका लागि पनि स­साना तीन वटा योजनाहरुमा ६० लाख बजेट बिनियोजन गरिएको बताए । उनले कालिका गाउपालिकामै निर्माण हुन लागेको तीला १ र तीला २ हाईड्रो निर्माण भएपछि गाँउपालिकाको आर्थिक विकासमा ठुलो फड्को मार्ने भएकाले आवश्यक पहल गरिरहेको बताए ।