कृष्णराज धमाला
फागुन ११, सुर्खेत ।
प्रेस चौतारी नेपालले प्रदान गर्ने ‘हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार’ संचारिका समूहकी अध्यक्ष निर्मला शर्मालाई प्रदान गरिने भएको छ । शर्मा बरिष्ट पत्रकार हुन् । यो पुरस्कार पाउने शर्मा पहिलो महिला पत्रकार हुन् ।
नेकपा एमाले समर्थित प्रेस चौतारी नेपालले यस वर्षको पाँच ओटा पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । प्रेस चौतारीले जारी गरेको बिज्ञप्ति अनुसार हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार निर्मला शर्मा, अग्नि शिखा पत्रकारिता पुरस्कार प्रमोदकुमार सिंह, वीरेन्द्रकुमार साह क्रियाशील युवा पत्रकारिता पुरस्कार राजु अधिकारी, बसन्तप्रताप सिंह र सुभद्रा प्याकुरेल, डेकेन्द्र थापा पत्रकारिता पुरस्कार, सुशिल अर्याल, दिपक रिजाल र मिना बुढाथोकी लाई प्रदान गरिने छ ।
प्रेस चौतारीले यही वर्षदेखि स्थापना गरेको पद्मलक्ष्मी–सावित्री बस्नेत पत्रकारिता पुरस्कार दमन राई, युनिकबिफा घिसिङ र रबिना बोहोरालाई प्रदान गर्ने घोषणा गरेको छ ।



Milan Shrestha । ११ फाल्गुन २०७४, शुक्रबार ०६:२९ बजे