१५ जेठ सुर्खेत
सुर्खेत जिल्लाको पश्चिममा हालै घोषित पञ्चपुरी नगरपालिकामा आज ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएकोछ । सालकोटबाट बावियाचौर तर्फ जाँदै गरेको लु ३ त ५४२५ नम्बर ट्याक्टर दुर्घटना हुदाँ घटनास्थलमै चालकको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।
पञ्चपुरी नगरपालिका–४ का अन्दाजी २३ वर्षका ट्याक्टर चालक निरक भण्डारीको घटनास्थलमै मृत्यु भएको ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्घटनामा स्थानिय रतन रिमाल र गोपाल दर्लामी घाइते भएका छन् । प्रहरीका अनुसार घाईतेहरुको अवस्था सामान्य रहेको ट्राफिक कार्यालय सुर्खेतको जनाएको छ ।



Prawash Kumar Shakya । १५ जेष्ठ २०७४, सोमबार १५:२५ बजे