
२६ माघ, सुर्खेत । सुर्खेतमा सञ्चालित देउती नागरिक यातायात प्रा.लि.ले आज (आफ्नो) चौथो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभाका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले छोटो समयमा देउती नागरिकले यातायातको क्षेत्रमा उदाहरणिय काम गरेकोमा प्रशंसा गर्नुभयो ।
त्यस्तै कार्यक्रममा यातायात सेवा कार्यालय सुर्खेतका घनश्याम बाेगटि, बाैद्ध यातायात व्यवसायि संघका अधयक्ष कमल गुरुङ्, हिल्सा पब्लिक यातायातका अध्यक्ष नयाँनन्द आचार्य सचिव जीवनकुमार शर्मा लगाएतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा आव ०७४/०७५ काे आर्थिक प्रतिवेदन प्रालिका काेषाध्यक्ष ओमप्रकाश तिवारिले प्रस्तुतत गर्नुभएकाे थियाे भने सचिव रमेश खड्काले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रालिका अध्यक्ष कमल खड्का “जुनी”ले ३ वटा सवारीबाट शुरु गरेको देउती नागरिकमा अहिले प्रालिमा ६ वटा लचकदार रात्री बस सेवाबाट काठमाण्डौ सम्मको यात्रु सेवा दिँदै अहिले प्रालिमा ५६ वटा बस तथा माइक्रो बस रहेको बताउँदै प्रालिमा आवद्ध सम्पूर्ण सवारी धनी एवं शुभचिन्तकहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
त्यस्तै सभाले यातायात व्यावसायी सुदिपकुमार के.सी.लाई प्रालिको उपाध्यक्षमा चयन गरेको छ ।
नवनिर्वाचित उपाध्यक्ष के.सी.ले आफू यो क्षेत्रमा नयाँ भएको र अबका दिनमा अनुशासित ढंङ्गबाट प्रालिलाई नयाँ उचाईमा पुर्याउन आफूलागि पर्ने बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट चालक, कर्मचारी सम्मान तथा स्थाइ कर्मचारिहरुलाइ प्रसंसा पत्र प्रदान गरिएकाे थियो । त्यस्तै सभाले प्रालिमा आवद्ध सवारीधनीहरुलाई बार्षिक कार्य याेजना अनुरुप बाेनस स्वरुप निशुल्क रुपमा २/२ थान टायर उपहार स्वरुप वितरण गरिएकाे थियाे ।
Prawash Kumar Shakya । २६ माघ २०७५, शनिबार २२:२४ बजे