अज्ञात समुहद्वारा वडा कार्यालय चोरी


अविरल ढकाल, जुम्ला
फागुन १५,
तातोपानी गाउँपालिका ५ नं. वडा कार्यालयमा अज्ञात समुहद्वारा गयराती तोडफोड गरि चोरी भएको छ, भने वडाको शान्ति सुरक्षामा चुनौती देखिएको छ ।

कार्यालय तोडफोड गरी कार्यालयका कम्प्यूटर ल्याप्टप १ थान, ल्याप्टप चार्जर १ थान, मल्टिपलक १ थान, क्याल्कुलेटर १ थान र साधा रजिष्टर ५ थान चोरी भएको वडा सचिव एकराज चौलागाईले बताउनुभयो ।

कार्यालय तोडफोड गर्ने व्यक्तिहरुले किलाठोक्ने हेम्मर प्रयोग गरी तोडफोड गरी चोरी गरेका छन् । कार्यालय तोडफोड गर्ने व्यक्तिहरुले हेम्मर कार्यालयमै छोडेकाले कसले तोडफोड गरी कार्यालयका सामाग्री चोरी गरेको हो त्यो पत्ता लाग्ने सम्भावना रहेको सचिव चौलागाई बताउनुभयो ।

वडाध्यक्ष हरिबहादुर डाँगीले घटनाका विषयमा कार्यालय तोडफोड र सामाग्री चोरी भएको विषयमा हाँकु प्रहरी चौकी ऐरेनी लिखित उजुरी गरिएको बताउनुभयो ।

घटनाका विषयमा गाउँपालिका र वडाले पनि छानविन गर्न र घटना दोषीलाई कारवाही गरिने अध्यक्ष डाँगीले बताउनुभयो ।

चोरी भएको ल्यापटपमा केही पुराना तथ्यांक लगायत अन्य अभिलेख राखिएको थियो ।