कोरोना कहर, डरलाग्दो प्रहर (भिडियोसहित)


१० भाद्र, सुर्खेत । कोरोना भाइरस कोभिड १९ ले यतिवेला धेरै देशहरुको अर्थतन्त्र तहसनहसको स्थितिमा छ । यही कोरोनाको चपेटा हाम्रो देश पनि अछुत रहेन ।

कोरोनाको महामारी रोक्नकैलागि भनेर देशलाई सरकारले २०७६ चैत्र ११ बाट लकडाउनमा राखेको सर्वविदितै छ । सरकारले आफ्ना देशकानागरिकहरु यो महामारीको चपेटामा नपरुन भनेर लकडाउन गरेको थियो । तर महामारी लकडाउन खुले संगै बढ्दो क्रममा पुष्टी हुँदै गएको छ तर मृत्युदर भने अन्य राष्ट्रको भन्दा कम छ ।

यसरी महामारी फैलिरहँदा नागरिकहरुमा भने चेतनाको कमी भएको पाइएको छ । विश्व स्वास्थ्य संगठनले भनेको सामाजिक दुरीको पालना हाम्रो देशका नागरिकले निकै न्यूनमात्रामा पालना गरेको पाइन्छ । तर नागरिकहरुमा एउटा चेतनाको विकास भने पाइएको छ त्यो के भने साबुनपानीले मज्जाले हात धुनु हो ।

कोरोना कै यही कहरमा आज फेरी देशमा पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो । जस्मा काठमाण्डौं मात्र ३ सय १ जना रहेको छ ।

यसैवीच आज कर्णालीमा संक्रमण भएका ६ जना मात्र पुष्टी भएको छ जस्मा चिकित्सक पनि रहेको बताइएको छ । यसरी समुदायमा तिब्रगतिमा कोरोना फैलिरहेको छ । कोरोना संक्रमणको विकल्प निषधाज्ञा हैन तर प्रशासनको विकल्प अर्को पनि त छैन् । त्यसैले नागरिक आफै सचेत र सजग हुन नितान्त जरुरी छ किनभने यो कोरोनाको कहर डरलाग्दो प्रहर भैसकेको छ ।