वातावरण दिवसका अवसरमा आफ्नै कार्यालय हातामा वृक्षारोपण


जेठ २२, सुर्खेत ।

विश्व वातावरण दिवसका अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, मुख्यमन्त्री निवास परिसरमा विभिन्न जातका विरुवा रोप्नुभएको छ ।

वृक्षारोपण कार्यक्रममा भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसी, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलिया लगायतको सहभागिता रहेको थियो ।

हाम्रो जिवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन भन्ने नाराका साथ वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा यो दिवस मनाउने गरिन्छ ।

यो वर्षको दिवसमा जोखिममा रहेका सबै प्रजातिलाई भावी पुस्ताको लागि संरक्षण र वन्यजन्तुको अवैध व्यापार विरुद्ध शुन्य सहनशिलतामा जोड दिइएको छ ।