ठालु नियति नत्यागे सम्म समृद्धिको ढोका बन्द–मुख्यमन्त्री शाही ( भिडीयो सहित )


कृष्णराज धमाला
फागुन १९, सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अँझै ठालु ब्यबहारलाई निरन्तरता दिन खोजे समृद्धिको सपना पुरा नहुने बताउनु भएको छ । उहाँले कर्तब्यनिष्ठ भई इमान्दारीताका साथ जिम्वेवारी बहन गरे मात्रै समृद्धिको सपना सम्भव हुनेमा जोड दिनुभयो ।

कर्णाली प्रदेशमा सडक सुरक्षा कार्यक्रम वीरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले अरुको कुरा काटेर समय बिताउनुको साँटो आफ्नो जिम्वेवारी बहनमा ध्यान दिन अनुरोध गर्दै पुरातन सोच, शैली, चिन्तनले समृद्धिको ढोका बन्द गर्न सहयोगी हुने दाबी गर्नुभयो ।
मुख्य मन्त्री शाहीले कर्णाली प्रदेशमा लगानीका तमाम् सम्भावनाहरु पर्खी बसेका भन्दै निजि क्षेत्रसँगको सहकार्यमा यो दायीत्व पुरा हुनेमा विस्वास गर्नुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको अध्यक्षतामा सम्पन्न ‘समृद्धिका लागि सुरक्षा अभियान’ अन्तर्गत दशवटै जिल्लाहरुमा सडक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

अधिकांस मानिसहरुको मृत्यु सवारी दुर्घटनाका कारण हुने गरेको कर्णाली प्रदेशमा दुर्घटना न्यूनिकरणका लागि सडक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको प्रदेश प्रहरी प्रमुख रणबहादुर चन्दले जानकारी दिनुभयो ।