काठमाडौंमा पेस्तोलसहित एकजना पक्राऊ


१ फागुन, काठमाडौं । काठमाडौंको चण्डोलबाट पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विषेश टोलीले सूचनाको आधारमा पेस्तोलसहित प्रभाकर भट्टराईलाई पक्राउ गरेको एसएसपी विक्रमसिंह थापाले जानकारी दिए ।

एसएसपी थापाका अनुसार भट्टराईको साथबाट सिक्सर पेस्तोल बरामद भएको छ । पेस्तोलमा गोली भने भेटिएको छैन ।

कसैलाई धमक्याउन उनले पेस्तोल बोकेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसबारे अनुसन्धान थालिएको एसएसपी थापाले जानकारी दिए ।अनलाईन खबर ।