यो सरकारलाई ‘हनिमुन पिरियड’ मनाउन दिन्नँ’- देउवा


काठमाडौं, फागुन २१- पार्टी संसदीय दलको नेता चयन भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।

देउवाले केपी ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका निर्णयमाथि हस्तक्षेप गरेकाले सरकारलाई ‘हनिमुन पिरियड’ मनाउन पनि नदिने गरी संसदमा कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका हुन्।

सरकारको कार्यशैली हेर्दा ‘हनिमुन पिरियड’ मनाउन दिने अवस्था समेत नरहेको बताउदै देउवाले सरकारको सय दिने कामलाई हेरेरविरोध वा समर्थन गर्ने ठाउँ समेत ओली सरकारले नदिएको आरोप समेत लगाएका छन् ।६३ सदस्यीय संसदीय दलमा सभापति देउवाले ४४ मत प्राप्त गरी विजयी भएका हुन्।

साभारः ओसनेपाल अनलाइन