३० जेठ, सुर्खेत । विश्वव्यापी तिब्रगतिको रफ्तारमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को रोकथाम एवं नियन्त्रणलाई मध्यनजर गर्दै देशलाई गरिएको लकडाउन खुकुलो भएसंगै आजबाट वीरेन्द्रनगर सुर्खेतका बजारहरुपनि खुल्न थालेको छ ।
सरकारले हिजो निर्णय सार्वजनिक गरेसंगै आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुर्खेतमा पनि सरकारले गरेको निर्णय कार्यान्वयन गर्दे बजार खुला गरेको हो । व्यापार व्यावसाय खुला गरेपनि सरकारले बन्द गरेका सेवा भने बन्द नै गरिने जनाइएको छ ।
सरकारको निर्णय अनुसार मोटरसाइकलमा चालक मात्र, निजी चारपाङ्ग्रे सवारीमा चालक सहित ३ जना मात्र सवारी गर्न पाइने भएको छ भने सार्वजनिक सवारी पूर्ण बन्द हुने बताइएको छ ।




Prawash Kumar Shakya । ३० जेष्ठ २०७७, शुक्रबार १०:१६ बजे