अविरल ढकाल
फागुन २३, जुम्ला ।
सम्वन्धित महिलाको मन्जुरी बिना वा अन्य कुनै कारणवाट गर्भ रहन गएमा १२ हप्ता सम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउन सक्ने अधिकार २०६० को स्वास्थ्य नितीले सम्वन्धित महिलालाई दिएको छ । मेडिकल एभर्सन गराउन चाहने महिलाले भने चिकित्सकको परामर्शमा ९ हप्ता सम्मको गर्भ पतन औषधिको माध्यमवाट गराउन सक्ने कानुनि व्यवस्था रहेको छ । प्रजनन् स्वास्थ्य ऐन, २०७४ प्रस्तावित नाम रहेको उक्त विधेयकमा प्रजनन् अवस्था, सुरक्षित मातृत्व तथा नवजात शिशु स्याहार सम्वन्धी व्यवस्था, प्रसुती सेवा व्यवस्था, सुरक्षित गर्भपतन सेवा, प्रजनन स्वास्थ्य अधिकार, प्रजनन् स्वास्थ्य अधिकारलगायत प्रजनन् स्वास्थ्य सम्वन्धित सम्पूर्ण विषयको बारेमा स्पष्ट लेखिएको छ ।
कानुनीरुपमा १२ सातासम्मको गर्भपतन गर्न पाउने व्यवस्था भएपछि जुम्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या दिनानुदिन बढ्दै गएको छ । नेपालको वर्तमान कानुन तथा ऐेनले तीन महिना अर्थात् १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेपछि जुम्लामा आफ्नो ज्यानलाई जोखिममा राखेर गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको छ ।
गर्भपतन गर्दा हुने असरको जानकारी हुदाँ पनि जुम्लामा गर्भपतन गराउनेको संख्या बढ्नुमा अशिक्षा, अवैध योन सम्पर्क र पुरुष शिक्षित हुदाँ पनि महिलालाई दबाब दिएर गर्भपतन गराउने समेत गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकी अनमी कमला बुढाले बताउनुभयो । मेडिकलबाट किनेको औषधी खाएर गर्भपतन गर्ने र औषधीको असरले उच्च रक्तश्राव हुदाँ हुदै यस्तो जटिल समस्या लिएर पनि महिलाहरु अस्पतालमा उपचारको लागि आउने गरेको बुढाको भनाईछ ।
छोराको चाहाना, गरिवी अशिक्षा र अवैध सम्वन्धका कारण जुम्लामा गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको भन्दै चार पाँच छोरी जन्मि सक्दा पनि छोरा जन्माउने आशमा एउटै महिलाले श्रीमानको दबाबमा बारम्वार गर्भवतन गराउने गरेको पनि बुढाको अनुभवछ । हाम्रो समाजमा मरि सकेपछि स्वर्ग बासको लागि छोराले पिण्ड दान नगरे सम्म स्वर्गमा बास हुदैन भन्ने धार्मिक विश्वासको कारणले पनि धेरै छोरी जन्मिदा पनि छोराको आशमा गर्भपतन गराउनुको प्रमुख कारक तत्वको रुपमा रहेको अनमी बुढाको बुझाई छ ।
यो आर्थिक वर्ष मात्र जुम्लामा ५ सय, ८२ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् भने १ सय १५ जनालाई औजारको प्रयोग गरेर गर्भपतन गरेका थिए । गत वर्ष ७ सय, ५ जनाले गर्भपतन गराएका थिए भने यो वर्षको छ महिनामा नै ५० प्रतिशतले जुम्लामा सरक्षित गर्भपतन गर्नेहरुकोे संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाकी तथ्यांक सहयाक कमला नाथले बताउनुभयो । जुम्लामा जिल्ला स्वास्थ्य कार्यालय माताहातका चार स्वास्थ्य चौकी, मेरी स्टोप र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सुरक्षित गर्भपतन गराउँदै आएको नाथको भनाइछ ।
गर्भपतन गराउनेमा १८ देखि २२ वर्ष उमेरका महिला भन्दा किशोरी (अविवाहित) धेरै भएको, दोस्रोमा २३ वर्ष देखि ३० वर्ष सम्मका महिला दिदी बहिनीले सुरक्षित गर्भपतन गर्ने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकी नरसिङ्ग अफिसर मुना दाहालले जानकारी दिनुभयो । गर्भपतन गर्दा हुन आउने असरको बारेमा जानकारी हुदा पनि जुम्लाका महिलाहरुले गर्भपतन गर्ने समेत गरेको स्वास्थ्य कर्मीले बताएका छन् । गर्भपतन गरि सके पछि अधिकांश महिलाले परिवार नियोजनका अस्थायी साधन जस्तै ः पिल्स, कण्डम र डिपो लगायतका साधनहरुको प्रयोग गर्ने गरेको मुना दाहालको भनाई छ ।
जुम्लामा पहिल्लो समयमा गर्भपतन गर्नेको संख्या बढेको र मेडिकलबाट औषधीको प्रयोग गर्ने तर पछि स्वास्थ्यमा असर देखा परेमा अस्पतालमा आउने गरेको मुना दाहालले भनाइछ । गर्भपतन गराउँदा लामो समय सम्म रगत बग्ने, पाठेघरमा क्यान्सर हुने, महिलामा बाँझोपन देखा पर्ने, गर्भपतन गराएका महिलाहरु उपचारको लागि अस्पतालमा आउने गरेको दाहालले जानकारी दिनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गर्भपतन गराउने महिलाहरुलाई गर्भपतन गराउँदा हुने असरको बारेमा जनकारी समेत दिने गरेको उहाको भनाई छ ।
एउटा मानिसले जस्तै गर्भमा रहेको भु्रणले पनि बाच्न पाउने अधिकार हो तर नेपाल सरकारले पछिल्लो समयमा गर्भपतनलाई कानुनी मान्यता दिए संगै जुम्लामा अवैध यौन सन्वन्ध राख्ने र अविवाहितले पनि गर्भपतन गराउने गरेको तथ्यांक पाइएको छ । तर गर्भपतन गराई सके पछि स्वास्थ्यमा हुन आउने असर लामो समयमा रक्त श्राव हुनुका साथै ज्यानै जान सक्छ, पाठेघरमा क्यान्सर हुने, महिलामा बाँझोपन देखा पर्ने, कमजोरी हुने र मानसिक असन्तुलन हुने, आफुले हत्या गरेको महशुस जीवन भर हुने भएकोले गर्भपतन गर्नु भन्दा गर्भ रहन नदिनका लागि अघि नै सजकता अपनाउनु उपयुक्त मानिन्छ ।



Milan Shrestha । २३ फाल्गुन २०७४, बुधबार १०:४८ बजे