फागुन १२, सुर्खेत ।
कर्णाली महोत्सव २०७५ को अबसरमा आयोजित राष्ट्रब्यापि लोक दोहोरी प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ्ग शाखाले प्रथम स्थान हाँसील गर्न सफल भएको छ ।
महोत्सवको अबसरमा आयोजित प्रतियोगितामा दाङ्ग शाखा प्रथम भई ५१ हजार, १ सय ११ रुपैयाँ नदग पुरस्कार हात पार्न सफल भएको छ । प्रतियोगितामा सिन्धुपाल्चोक शाखाले दास्रो स्थान हाँसील गर्दै ३१ हजार, १ सय, ११ रुपैयाँ नगद हात पार्न सफल भएको छ । प्रतिष्ठान शाखा सुर्खेतका महासचिव खडक चन्दका अनुसार नवलपराशी शाखाले तृतिय स्थान हात पार्दै १५ हजार, १ सय, ११ र दैलेख शाखा सान्त्वना भई ११ हजार, १ सय, ११ रुपैया नगद प्राप्त गर्न सफल भएको छ ।
प्रतियोगितामा सुर्खेत शाखाकी कृष्णा राना उत्कृष्ट गायिका र प्रदेश नं. ५ का निशान्त विवश विश्वकर्मा उत्कृष्ट गायक घोषित हुनुका साथै उहाँहरुले ५ हजार, १ सय, ११ नगद रकम प्राप्त गर्नुभएको छ ।



Milan Shrestha । १२ फाल्गुन २०७५, आईतवार १२:५५ बजे