रास्कोटमा साँस्कृतिक मेला हुँदै, स्थानिय तथा राष्टिय प्रस्तुतिहरु देखाइने


कृष्णराज धमाला
फागुन २३, सुर्खेत ।

स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र ब्यापारमा स्वाभीमान, कला, सँस्कृति, साहित्य रास्कोटको पहिचान भन्ने मूल नारा सहित पहिलो रास्कोट मेला हुने भएको छ ।

कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको सहयोगमा रास्कोट कला, सँस्कृति, साहित्य प्रतिष्ठानको आयोजनामा यहि फागुन २६ गते मेला सञ्चालन हुने भएको हो । नगरपालिका र आसपासका गाउँपालिकाहरुका स्थानिय तथा केही छिमेकि जिल्लाहरुका मानिसहरुको सहभागीतामा सम्पन्न मेलामा देउडा, झोडा, माँगल, हुड्के तथा बिभिन्न कलाकारहरुका प्रस्तुतिहरु पनि समेट्ने तयारी भइरहेको प्रतिष्ठानका उपाध्यक्ष कमलराज शाही कञ्चनले जानकारी दिनुभयो ।

रास्कोटको महिमा, त्यहाँको भाषा, साहित्य, सँस्कृति, कलाको संरक्षण सँगै पर्यकिय स्थलहरुको बारेमा जानकारी गराउन पनि मेलाको आयोजना गरीएको उपाध्यक्ष शाहीको भनाई छ ।

प्राना साहित्यकारहरुलाई सम्मान गर्ने र नयाँ साहित्यकारहरुलाई प्रोत्साहित गर्ने उद्येष्यले नगरपालिकाको सहयोगमा पहिलो पटक बृहत मेलाको आयोजना गरीएको प्रतिष्ठानका अध्यक्ष नगेन्द्र आचार्यको भनाई छ ।

मेलामा जिल्ला भित्र र जिल्ला बाहीरको कवि, गीतकार, गजलकार, मुक्तककार, खेलाउडा, खेलाउडी, गायक, गायीकाका साथै स्थानिय झाँकीहरु पनि प्रस्तुतिमा रहने बताइएको छ ।