
सुर्खेत, २४ फागुन ।
असहाय, बिपन्न तथा जोखीममा परेका वालवालीकाहरुलाई सहयोग गर्नु नै ठूलो धर्म हो । औषधि पसल राखेर महंगोमा औषधि बिक्रि मात्रै गर्नुभन्दा बिपतमा परेकालाई सहयोग गर्दा मन पनि खुसी हुन्छ । बिभिन्न कारणले मूलुक बाहीर गएका नेपालीहरुको मन पनि त बिदेशि नहुदो रहेछ । यस्तै अवसर जाजरकोटमा पनि जुरेको छ । यो अबसर जुराए बिदेशी भूमिमा रहेका मनिराम जैसीले, त्यही अवसर पाएर डाक्टर नवराज के.सी.ले दिन दुःखीहरुको उपचारमा सहयोग गर्दा त्यो सहयोग प्रभावकारी हुने भन्दै सहयोगी हातहरु बढाउन आग्रह पनि गरे ।
डाक्टर केसीले चिन्ता व्यक्त गर्दे भने, मानवको स्वास्थ्य उपचारका निम्ती खोलिएका औषधी पसलहरुको दायित्व भनेको महंगो औषधीहरु मात्र विक्रि वितरण गरी फाईदा कमाउनु मात्र नभई सामाजिक स्तरमा केहि दायित्व पनि निर्वाह गर्नु पर्दछ । पेनिक्लिनिक एन्टीबाईटीक(मुटुमा बाथरोग) औषधी एउटा सामान्य औषधि र सस्तो औषधि हो, तै पनि हरेक औषधि पसलहरुमा नपाइने प्रविधिले गर्दा चिन्ता लागेर आउदछ । सुन्दा र हेर्दा सामान्य औषधि जस्तो भएता पनि यो वाल–बच्चाको जीवनसंग जोडिएको छ, जसको मूल्य अन्य औषधिको तुलनामा कम भएता पनि सहजै प्राप्त हुदैन ।
केसीका अनुशार यो एउटा मुटु सम्बन्धि रोग हो, जुन ५ देखि ६ बर्षका बच्चाबच्चिहरुमा देखा पर्ने गर्दछ र यो रोग लागे पछि मुटुको प्वालहरु विस्तारै पुरीदै जाने गर्दछ, जसको अप्रेशन पछि मात्र सफल हुन्छ । यसरी नै हाल यो बच्चा पनि १० –१२ बर्षको भईसकेकाले रोग अलि पुरानो भयो, यदि ५–६ बर्ष देखि नियमित औषधि पाएको भए राम्रो हुने थियो तै पनि हामिले थप उपचार गरीरहेका छौं । हामीले ३ महिनाका लागि थप औषधि दिएर पठाएका छौं । सो पश्चात पुनः हेरी अप्रेशनका लागि प्रक्रिया अगाडि बढाउने छौं । जसको उपचार काठमाण्डौंमा निशुल्क हुने भएता पनि थप व्यवस्थापनका लागि लाग्ने रकम हामीले नै सोहि बच्चालाई सहयोग गर्ने छौं ।

लायन्स क्लब अफ सेरोफेरो र नेपाल वाल पोलिक्लिनिक, सुर्खेतले संयुक्त रुपमा सञ्चालित गरेको वालवालिकाका लागि निःशुल्क स्वास्थ्य उपचारका क्रममा ३ सयको परीक्षण गर्दा भेटिएका ५ जना वाल–वालिका मध्ये जाजरकोट जिल्ला नलगांढ नगरपालिका वडा नं.२ डाडांगाऊका १० बर्षिय सुशिल खड्कालाई बिहिवार (आज) एक कार्यक्रमको आयोजना गरी नगद रु ५० हजार हस्तान्तरण गरिएको हो ।
पत्रकार एवंम् समाजसेवी प्रकाश पन्तका अनुशार, जाजरकोट घर भई हाल अमेरिकाको क्यालिनफोर्निया स्थीत राज्यमा सेक्युरेटिमा कार्यरत मणिराज जैशीले सहयोग वापत पठाएको रकम सहयोग गरिएको हो ।
पीडित सुशिल खड्काका वुवा दिनेश खत्रीका अनुशार, रोगले ग्रस्त भए पश्चात चौहरजाहरी देखि काठमाण्डौं सम्म गएर उपचार गराएता पनि रोग निको नभई थप उपचारका लागि आर्थिक अभाव भईरहेको बेला यसरी सहयोग पाए पश्चात छोराको सहज उपचार हुने कुरामा विस्वस्त भयो ।
समाजसेवी पन्तका अनुशार अमेरिकामा कार्यरत जैशीले क्षेत्रिय अस्पताल पुनस्थापना गृहका लागि २५–२५ हजारका दुई थान स्मार्ट टेलिभिजन उपलब्ध गराएका छन् । आफु अमेरिका रहेपनि आफ्नै क्षेत्रका असहाय र विपन्न समुदायका वाल–बालिकाहरुलाई सहयोग गर्न पाउदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।



Milan Shrestha । २४ फाल्गुन २०७४, बिहीबार १२:०७ बजे