२ भाद्र, सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित सामुदायिक विद्यालयहरु भाद्र ७ गते देखि बन्द हुने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा वीरेन्द्रनगर बजारमा सञ्चालित जन नमुना माध्यमिक विद्यालयबाट आयोगले विद्यार्थीबाट उच्च अदालतको परमादेश विपरीत शुल्क उठाएको भन्दै २ लाख ७६ नगद सहित कागजात नियन्त्रणमा लिए उठेका टिकाटिप्पणीहरु प्रति विरोध जनाउँदै विद्यालय बन्द गर्न लागिएको प्रेस विज्ञप्ती मार्फत जनाइएको हो ।
विज्ञप्तीमा अभिभावकबाट स्वैच्छिक सहयोगबाट सन्चालित विद्यालयहरुमा विभिन्न निकायबाट पटक पटक गरिने अबरोध तथा अनुचित हस्तक्षेपका कारण विद्यालयको पठनपाठन, अभिभावकको भावना, विद्यार्थीको सपना र शिक्षक तथा विद्यालय अभिभावकिय संस्थाहरुको मनोबल र आत्मसम्मानमा चोट पुगेको पनि जनाइएको छ । यस्तो विषम परिस्थितिमा जन नमुना माविमा भएको घटनालाई लिएर विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा गरिएको टिकाटिप्पणी प्रति घोर आपत्ती जनाइएको छ ।
यस्तो परिवेशमा सामुदायिक विद्यालयहरुको समस्या र भावनालाई सम्बोधन नगरे यही भाद्र ७ गते बाट वीरेन्द्रनगर भित्र सञ्चालित सामुदायिक विद्यालयहरु बन्द गरिने विज्ञप्तीमा जनाइएको छ ।




Prawash Kumar Shakya । २ भाद्र २०७९, बिहीबार १९:३४ बजे