२४ चैत्र, सुर्खेत । कर्णालीका एक जना सभासदले पत्रकारलाइ अश्लिल भाषा प्रयोग गरी तपाई पशु हो भनेर तुच्छ शब्द प्रयोग गर्नुभएको छ ।
माननीय ज्यू नमस्कार मैले एउटा समाचारबनाउदै छु । तपाइको बिचार बुझन खोजेको भनेर फोन गरीरहेका पत्रकारलाइ बिषय बस्तु माथी कुरै नगरी धम्कीपुर्ण भाषामा तपाइ त पशु हो भनेर गाली गरेको अडियो रेकर्ड बाहिरिएको छ ।
५ नं प्रदेशबाट आफ्नी श्रीमतीलाइ उद्दार गरेको बिषयमा कुरा बाहिर आएपछी कुरा बुझ्न खोज्दा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सभासद तथा नागरिक दैनिकका कर्णाली प्रदेश प्रमुख नगेन्द्र उपाध्यायलाइ समाचारको विषयमा प्रतिक्रिया लिन खोज्दा कर्णाली प्रदेश सभा सदस्य दानसिं परियारले अपमानजनक र अशिष्ट शव्दको प्रयोग गर्दै बादबिबाद भएको हो ।
विश्वभरी आतंक मच्चाइरहेको कोरोनाको कहरमा देशै भरी लकडाउन भएको बेलामा । सरकारले किस्ता किस्तामा लक डाउनको समयावधि बढाइरहेकोबेला एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएकोबेला अझ भन्नेहो भने एक टोल बाट अर्को टोल जानका लागी धमाधम स्थानिय हरु जागरुक भइ टोलै समेत बन्द गराएको बेलामा कर्णालीका एक जना समासदले मन्त्रीको गाडीको दुरुपयोग गरेको कुरा बाहिर आएपछी उक्त बादबिबाद भएको अडियो रेकर्ड बाहिरिएको हो ।
नाका नाका र देशका सिमानामा हजारौ नेपालीहरु लाइ सेवा र सुबिधाका कुरा त परैजावस दिनभरको टनटलापुर घाममा पानी समेत नपाउने , रातभरी ओतलाग्ने ठाउँ र एक छाक सम्म कसैले नहेरी आत्म हत्या गर्न समेत बाध्यहुनुपर्ने बेलामा देश र जनताको सेवा गर्ने कसम खायकाहरुले राज्य सेवा सुबिधालाइ दोहन गरीरहेका छन , चिल्ला गाडी, सुबिधा सम्पन्न महल र बिलासी जिवन बिताइरहेका छन् ।
रोग र भोक सँग लडीरहेका आफैलाइ भोट हालेर त्यो स्थान सम्म पुर्याउने जनताले कुरा गर्दा सम्म फुर्सद छैन भन्ने नेता सभासदहरुले दिन दहाडै नियमको उलंग्घन गरी कुनै नजिकैको मन्त्री र मन्त्रीका आसेपासेहरुलाइ रिझाइ राज्यको सम्पती दुरुपयोग गरेको हेर्न नसकी सर्वत्र गुनासो हरु आएको छ ।
यसैवीच महासंघले साेमबार एक विज्ञप्ति जारी गर्दै यसरी समाचार संकलनको क्रममा रहेका पत्रकार माथि भएको घटनाप्रति निन्दा र भत्सर्ना गरेको छ। महासंघले नागरिक दैनिक कर्णाली प्रदेश प्रमुख नगेन्द्र उपाध्याय र जागरण एफएम सुर्खेतमा पत्रकार नन्द कठायत माथी भएको दुर्व्यवहार एक विज्ञप्ती जारी गर्दै भत्सर्ना गरेको छ ।




Milan Shrestha । २४ चैत्र २०७६, सोमबार २०:१४ बजे