१०८ औं अन्तराष्ट्रिय महिला दिवस सुर्खेतमा पनि मनाईयो ।


 


मिलन श्रेष्ठ ।
सुर्खेत,२४ फागुन ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली सरकारले महिलाहरुलाई प्राथमिकतामा राखेर निति कार्यक्रम तथा बजेट ल्याउने बताउनु भएको छ । विरेन्द्रनगर नगरपालिकाले आज १०८ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले स्थानीय सरकारसंग समन्वय र सहकार्य गरेर महिलाहरुलाई प्राथमिकता दिएर बजोट ल्याउने बताउनु भयो ।
यस्तै गरी कर्णाली प्रदेशको कार्यबाहक मुख्यमन्त्री समेत रहनु भएका मन्त्री ज्वालाले कर्णाली प्रदेशका सबै कार्यालयहरुमा महिला, अपाङ्गता भएका व्यक्तिहरुको सजिलै पहुँच पु¥याउनको लागि प्रदेश सरकारले महिला र अपाङ्ग मैत्री गराउन तर्फ तत्तकालै लाग्ने बताउनु भयो ।
उहाँले महिलाहरुलाई आर्थिक रुपमा सवल गराउनका लागि आर्यआर्जनका कार्यक्रमहरु गर्ने भन्दै सल्लासुझावका लागि पनि अनुरोध गर्नुभयो ।
यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले अझै पनि हरेक तहमा महिलाहरुको सहभागिता कम भएकाले ५० प्रतिशत महिला सहभागिताको लागि आफुले काम गर्ने बताउनु भयो । उहाँले कर्णाली प्रदेशका महिलाहरु अवस्था अझै पनि सुधार नभएकोले महिलाहरुका मुद्धाहरुलाई मन्त्रालयले सम्बोधन गरेर उदारणिय महिलाहरुको रुपमा पहिचान गर्न तर्फ लाग्ने बताउनु भयो ।

यस्तैै कार्यक्रममा प्रदेश सभा सदस्य सिता नेपालीले विभिन्न महिला मुक्ति आन्दोलनले फलस्वरुप संविधानले महिलाहरुलाई अधिकार दिए पनि व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले संविधानले दिएका अधिकारलाई कार्यान्वय गर्न केही कानुन बनाउन आवश्यक रहेकोले बाँकी रहेका कानुन निर्माण आफु लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैविच १०८ औँ महिला श्रमिक दिवस आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा सहरी महिलाहरुको जिवन स्तरमा रुपान्तरण, भन्ने मूल नारासहित सुर्खेतमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । स्थानीय सरकार गठन भइसकेपछि विरेन्द्रनगर नगरपालिकाले पहिलो पटक स्थानीय सरकारले भव्यताका साथ महिला दिवस मनाएको छ । जिल्ला स्थित विभिन्न संघसंस्थाहरु संगको समन्वयमा विरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको ¥यालीमा १६ वटै वडाका संघसंस्था, महिला समुहका महिला सदस्यहरु सहभागि थिए । विहान ११ बजेदेखि वीेरेन्द्रनगरको मंगलगढी चौक देखि सुरु भएको ¥याली घण्टाघर नजिक रहेको खुल्लामञ्चमा गएर कार्यक्रममा सहभागि भएको थियो ।
कार्यक्रममा सहभागि महिला अधिकारकर्मीहरुले महिलाले पाएको अधिकार कार्यान्वयनमा जोड दिनुपर्ने बताए । आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीले महिला नेतृहरुले गरेको आन्दोलनले महिला अधिकार प्राप्त गरेपनि कार्यान्वय नहुँदा अझै महिलाहरु अवस्थामा सुधार नआएकोब बताउनु भयो । उहाँले महिला पनि सक्षम नागरिक र महिलाले केही गर्न सक्छ भन्ने सन्देश दिन आवश्यक रहेको बताउनु भयो । महिलाहरुलाई शसक्त गराउनको लागि शिक्षामा जोड दिनुपर्ने भन्दै उहाँले समाजले महिलालाई हेर्न दृटिकोणमा परिवर्तन गनुपर्ने बताउनु भयो ।

यस्तै राजनितिक दलहरुको तर्फबाट नेपाली काँग्रेस सुर्खेतकी नेतृ पार्वति गरीले महिलाहरुलाई दिएको अधिकार सहिसंग कार्यन्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले महिलाहरुलाई सधै सहयोगीका रुपमा पनि नहर्न आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा विरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले महिला मुक्तिका लागि आफ्नो घरबाट आमा छोरीलाई महिलाहरुलाई रुपमा कति अधिकार दिन सक्यौँ त्यही आधारबाट त्यही रुवरुपलाई परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले शैक्षिक, आर्थिक अधिकार र सामाजिक नेतृत्वको रुपान्तरण सहितको अधिकार स्थापित गर्न नसक्ने बेलासम्म संविधानका अधिकार कार्यान्वयन नहुने बताउनु भयो । महिलाहरुलाई अधिकार सम्पन्न गराउन नगरपालिकाले लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।