
सुर्खेत, २४ फागुन ।
वीरेन्द्रनगर नगरपालिका नगर स्वास्थ्य शाखा सहसंयोजक सिता शर्माले अरुको सेवामा समर्पीत हुँदा जत्तिको आनन्द अन्य काममा नमिल्ने अनुभव सुनाउनु भएको छ ।
दिनभर कार्यालयको जिम्वेवारी बहन पछि बचेको समय मिलाएर बिशेष गरी महिलाहरुको प्रजनन् स्वास्थ्यका क्षेत्रमा क्रियाशिल शर्माले म जहाँ त्यही पाठेघर खस्ने, रजस्वाला हुँदा बाहीर बस्नु पर्ने बाध्यता, किशोरीहरुका समस्याहरुका बारेमा प्रशिक्षण दिन्छु, उनिहरुको जीवन बचाउने अभियान नै मेरालागि आनन्द हो ।
बिगत दुइबर्ष देखि निरन्तर एक्लो प्रयासमा सामाजिक जागरणको अभियान सञ्चालन गर्दै आएकी सिता आफूले चालेको अभियानमा जति खुसी छन्, त्यो भन्दा बढि सन्तुष्टि पनि । आफूले सञ्चालन गरेका कक्षाहरुमा किशोरी देखि बृद्धा आमाहरुले पनि आफ्ना समस्याहरु सहज रुपमा मन खोलेर भन्ने गरेको र त्यसबाट बच्ने उपाय आफूले सिकाउने गर्नु सिताको दैनिकी नै भएको छ ।
समय मिलाउन त कठिन छ, तर मिलाएर सुर्खेतका बिभिन्न स्थानहरुमा आफूले जनचेतनामूलक कक्षा र अभियान सञ्चालन गरेको बताउने सितालाई केही महिलाहरुले फोन गरेर फेरी पनि बोलाउँदा खुसी लाग्छ ।
सरकारी सेवामा जहाँ गएपनि आफ्नो सहयोगी काम नछोड्ने सीतालाई धेरैले सहयोग गरेका छैनन । बचनमा सहयोग गर्छौं भन्छन, पछि उनिहरु हराउँछन् उनको अनुभव छ । अभियानका लागि धेरै खर्च पनि नलाग्ने भएकाले अरुको मुख ताकेर बस्नु पर्दैन सितालाई ।
किशोरीहरुका समस्या र बिद्यालयमा केन्द्रित सिता यो अभियान जारी राख्ने र कहिल्यै नथाक्ने विस्वास ब्यक्त गर्छन ।
जतिका जिन्दगी बचाउने प्रयास गरेको छु त्यसमै आनन्द छ भन्ने सिता आगामी दिनमा पनि समाजसेवाको अभियान जारी राख्ने भन्दै द त्रिरत्नाका सम्पादक कृष्णराज धमाला सँगको कुराकानीमा भनिन्
Milan Shrestha । २४ फाल्गुन २०७४, बिहीबार १३:५७ बजे